प्रतिनिधिसभामा देखिएको अमर्यादित व्यवहारबारे छानबिन गर्न समिति गठन

जस नेपाल

१८ जेठ २०८३

प्रतिनिधिसभामा देखिएको अमर्यादित व्यवहारबारे छानबिन गर्न समिति गठन

काठमाडौँ । प्रतिनिधि सभामा केही सांसदहरूले गरेको अव्यवस्था, अमर्यादित व्यवहार तथा भौतिक क्षतिसम्बन्धी घटनाको छानबिन गर्न सभामुखले तीन सदस्यीय समिति गठन गरेका छन् ।

प्रतिनिधि सभाको आज सोमबारको बैठकमा सभामुखले जेठ १७ गते बसेको प्रतिनिधि सभा बैठक मा देखिएको अमर्यादित व्यवहारबारे जानकारी प्राप्त भएको बताउँदै भने ‘सभाका केही माननीय सदस्यहरूले अव्यवस्था सिर्जना गरी अमर्यादित र आपत्तिजनक व्यवहार प्रदर्शन र भौतिक हानि नोक्सानी एवम् क्षति पुर्‍याउने कार्य समेत रहेको व्यहोरा जानकारी भएको छ ।’

सभामुखले ‘प्रतिनिधि सभा नियमावली २०८३ को नियम ३३ को उपनियम ४ बमोजिम बैठक समाप्त भइसकेपछि सभामुखलाई विस्तृत जानकारी प्राप्त हुन आएको’ भन्दै घटनासम्बन्धी ‘आजै सो विषयमा मुचुल्का समेत तयार भइसकेको’ जानकारी दिए ।

उनका अनुसार घटनाको थप अध्ययनका लागि प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिमा संघीय संसद सचिवालयको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख तथा प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहनेछन् ।

सभामुखले ‘यस विषयमा आवश्यक थप जाँचबुझ गरी सात दिनभित्र सभामुखसमक्ष प्रतिवेदन पेश गर्ने गरी’ समिति गठन गरिएको जानकारी दिए ।

प्रतिवेदन प्राप्त भएपछि दोषीमाथि कारबाहीको प्रक्रिया अघि बढाइने सभामुखको भनाइ छ । उनले भने ‘प्रतिवेदन प्राप्त भएपछि प्रतिनिधि सभा नियमावली २०८३ को नियम ३३ को उपनियम ४ बमोजिम आवश्यक कारबाही अगाडि बढाउन सकिने छ ।’

हेर्नुहाेस् सभामुखकाे भनाइ : 

माननीय सदस्यहरू, प्रतिनिधि सभाको मिति २०८३ साल जेठ १७ गते (आइतवार) को बैठकहरूमा सभाका केही माननीय सदस्यहरूले अव्यवस्था सिर्जना गरी अमर्यादित र आपत्तिजनक व्यवहार प्रदर्शन र भौतिक हानि नोक्सानी एवम् क्षति पुर्‍याउने कार्य समेत रहेको व्यहोरा प्रतिनिधि सभा नियमावली २०८३ को नियम ३३ को उपनियम ४ बमोजिम बैठक समाप्त भइसकेपछि सभामुखलाई विस्तृत जानकारी प्राप्त हुन आएको र आजै सो विषयमा, आजै सो विषयका सम्बन्धमा मुचुल्का समेत तयार भइसकेकाले यस विषयमा आवश्यक थप जाँचबुझ गरी सात दिन भित्र सभामुख समक्ष प्रतिवेदन पेश गर्ने गरी प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारी संयोजक एवम् संघीय संसद सचिवालयको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख र प्रतिनिधि, र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहेको समिति गठन गरेको व्यहोरा जानकारी गराउँछु ।

साथै प्रतिवेदन प्राप्त भएपछि, साथै प्रतिवेदन प्राप्त भएपछि प्रतिनिधि सभा नियमावली २०८३ को नियम ३३ को उपनियम ४ बमोजिम आवश्यक कारबाही अगाडि बढाउन सकिने व्यहोरा जानकारी गराउँछु।

माननीय सदस्यहरू, अब प्रतिनिधि सभाको अर्को बैठक २०८३ साल जेठ १९ गते मंगलबार दिनको १ बजे बस्ने गरी यो बैठक स्थगित हुन्छ

भिडियाेमा पनि हेर्नुहाेस् :

सम्बन्धित खवर

सम्पत्ति आयोगका सबै काम ठप्प, दुई तिहाइको सरकारलाई धक्का !

सम्पत्ति आयोगका सबै काम ठप्प, दुई तिहाइको सरकारलाई धक्का !

काठमाडौँ । सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगले आफ्ना सबै काम अर्को सूचना प्रकाशित नभएसम्मका...

प्रतिनिधिसभाबाट श्रम निरीक्षणसम्बन्धी महासन्धि अनुमोदन

प्रतिनिधिसभाबाट श्रम निरीक्षणसम्बन्धी महासन्धि अनुमोदन

काठमाडौँ ।  प्रतिनिधिसभाले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) कोश्रम निरीक्षणसम्बन्धी महासन्धि, १९४७ (नं. ८१) सर्वसम्मत...

सरकारले संसदलाई बुझायो १६६ विधेयकको सूची, प्राथमिकतामा कुन कुन ? (पूर्णपाठसहित)

सरकारले संसदलाई बुझायो १६६ विधेयकको सूची, प्राथमिकतामा कुन कुन ? (पूर्णपाठसहित)

काठमाडौँ । सरकारले नयाँ आर्थिक वर्षमा १६६ वटा विधेयक संसदबाट पारित गर्ने कार्यसूची निर्धारण...

सम्पति आयोगले भन्यो– न्यायाधीश र सेनालाई छुइँदैन, अरुलाई छाडिँदैन !

सम्पति आयोगले भन्यो– न्यायाधीश र सेनालाई छुइँदैन, अरुलाई छाडिँदैन !

काठमाडौँ ।  सर्वोच्च अदालतले सेना र न्यायाधीहरुको सम्पत्ति छानबिन नगर्नू भनेर अन्तरिम आदेश जारी...