प्रेस काउन्सिलको ‘कारवाही’ मा परेका यी ४८ सोसल मिडिया

११ मंसिर २०८२

प्रेस काउन्सिलको ‘कारवाही’ मा परेका यी ४८ सोसल मिडिया

काठमाडौं । प्रेस काउन्सिल नेपाल पत्रकारहरुको आचारसंहिता पालनासम्बन्धी अनुगमन र खबरदारी गर्ने नियामक निकाय हो । आचारसंहिता विपरीत काम गरेको भन्दै काउन्सिलले बुधबार ४८ वटा युट्युब तथा सोसल मिडियाको सूची सार्वजनिक गर्‍यो ।

काउन्सिलले सचेतना कारवाहीको सूची सार्जजनिक गरेपछि उसको आधिकारिक वेबसाइटससमेत ह्याक भएर नखुल्ने अवस्थामा पुगेको छ ।

प्रेस काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहोराद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रचलित कानुनअनुसार मिडियाअन्तर्गत दर्ता नभई सञ्चालित कतिपय सामाजिक सञ्जाल युट्युब फेसबुक पेजबाट सामाजिक सञ्जाल नै आधिकारिक मिडिया हुन् भन्ने जस्ता भाष्य निर्माण गर्ने प्रयत्न भइरहेको छ । पछिल्लो समय भ्यूअर बढाई त्यसबाट रकम मात्र आर्जन गर्ने उद्देश्यले गलत, निराधार, भ्रमपूर्ण, अफवाहपूर्ण, गालीगलौजयुक्त, राष्ट्रियता र स्वाधिनताविरुद्ध सामाजिक सद्भाव खलल पार्ने, हिंसालाई बढावा दिने, उत्तेजक किसिमबाट अतिरन्जित शीर्षक एवं थम्बनेल बनाई जनमानसमा भ्रम फैलाउने, उत्तेजित बनाउने, त्रसित पार्ने अमर्यादित, अश्लील सामग्री सम्प्रेषण भइरहेको गुनासो आउनुका साथै अनुगमनबाट समेत देखिएको छ ।’

बोहोरा भन्छन्, ‘प्रेस काउन्सिलले आमसञ्चार माध्यम र सञ्चार माध्यमसँग सम्बद्ध भएका साथै सञ्चार माध्यमकै झल्को दिने गरी सञ्चालित सामाजिक सञ्जाल विशेषगरी युट्युब च्यानल तथा फेसबुक पेजबाट सम्प्रेषित सामग्रीको समेत विशेष अनुगमन गरिरहेको छ ।’

प्रचलित कानुनअनुसार मिडियाअन्तर्गत दर्ता नभई सञ्चालित त्यस्ता ४८ वटा सामाजिक सञ्जाल युट्युब फेसबुक पेजलाई गम्भीररूपमा लिई समस्या समाधानका लागि सरोकारवालासहित राज्यका निकायहरूसँग आवश्यक समन्वय र सहजीकरण गरिरहेको बोहोराले विज्ञप्तिमा बताएका छन् ।

त्यस्ता सनसनीपूर्ण, अफवाहपूर्ण, अश्लील र अमर्यादित अभिव्यक्तिसहितका सामग्रीलाई स्थान दिने कार्य नगर्न नगराउन आग्रह गर्दै प्रेस काउन्सिलले त्यस किसिमका सामग्रीमा प्रचलित फौजदारी कानुनसमेत आकर्षित हुनसक्नेतर्फ ध्यानाकर्षण गराएको छ ।

काउन्सिलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मिडियाको आवरणमा कानुनी प्रकिया पूरा नगरी चलाएका सञ्जालबाट सम्प्रेषित सामग्रीउपर आवश्यक कारबाहीका लागि सम्बिन्धित निकायमा लेखी पठाउन सक्ने हुँदा त्यसतर्फ सजग रहन यसै विज्ञप्तिमार्फत सचेत गराउन चाहन्छ ।’

साथै काउन्सिलले नियमानुसार दर्ता, अभिलेख एवं अद्यावधिक गर्न भनेको छ । साथै पत्रकार आचारसंहिता एवं पेसागत मूल्य मान्यता तथा आचरणको परिधिभित्र रहेर सामग्री सम्प्रेषण गर्न गराउन भनेको छ । मिडियाको रूपमा सञ्चालन हुनेले सामग्री सम्प्रेषणको नीतिबारे स्वघोषणा गर्ने व्यवस्था गर्न गराउनसमेत प्रेस काउन्सिलले सञ्चार माध्यम, आम पत्रकार र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आह्वान गरेको छ ।

हेर्नुहोस् प्रेस काउन्सिलको विज्ञप्ति र कारवाहीको सूचिमा परेका मिडियाहरुको विवरण–

सम्बन्धित खवर

कम्पनी सेवा अब स्थानीय तहबाटै, CAMIS प्रणालीमार्फत सनाखत सुविधा विस्तार

कम्पनी सेवा अब स्थानीय तहबाटै, CAMIS प्रणालीमार्फत सनाखत सुविधा विस्तार

काठमाडौँ । कम्पनी स्थापना, सञ्चालन र खारेजी सम्बन्धी सेवाहरूलाई थप सहज बनाउने उद्देश्यले अब...

सुकुमबासी नचिन्ने बालेन सरकारको १८ बुँदे ‘वर्गीय’ प्रतिवद्धता !

सुकुमबासी नचिन्ने बालेन सरकारको १८ बुँदे ‘वर्गीय’ प्रतिवद्धता !

काठमाडौँ । बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि सरकारले १०० बुँदे शासकीय सुधारसम्बन्धी कार्यसूची सार्वजनिक गरेको...

एआईलाई प्रश्न- बालेन सरकार ‘फासीवादी’ बन्न सक्छ ?

एआईलाई प्रश्न- बालेन सरकार ‘फासीवादी’ बन्न सक्छ ?

काठमाडौँ । पछिल्लो समय मान्छेभन्दा एआई बुद्धिमान छ भनेर कतिपयले दाबी गर्छन् । तर,...

बालेन सरकारप्रति अमेरिकी नजर : बीआरआईदेखि तिब्बती शरणार्थीसम्म

बालेन सरकारप्रति अमेरिकी नजर : बीआरआईदेखि तिब्बती शरणार्थीसम्म

काठमाडौँ । अमेरिकी संसद अन्तर्गत कार्य गर्ने कंग्रेसनल रिसर्च सर्भिस (CRS) ले आफ्ना देशका...