केएसएलद्वारा बि. ए. एलएल. बी. प्रवेश परीक्षाको नतिजा सार्वजनिक

जस नेपाल

३२ असार २०८३

केएसएलद्वारा बि. ए. एलएल. बी. प्रवेश परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ । काठमाडौँ स्कुल अफ ल (केएसएल) ले बि ए एल एल बी कार्यक्रमको प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ । २६ असारसम्म अनलाइन फाराम भर्ने समय दिइएको उक्त परीक्षा २७ र २८ असारमा सम्पन्न भएको थियो । नतिजा अनुसार मेरिट लिस्टमा २५० जना विद्यार्थी छनोट भएका छन् भने ३८ जना वेटिङ लिस्ट र ७ जना विथहेल्ड लिस्टमा रहेका छन् ।

मेरिट लिस्टमा नाम निकालेका विद्यार्थीले साउन १ देखि ८ सम्म (शनिबार बाहेक) भर्ना प्रक्रिया पूरा गर्नुपर्ने छ । कलेजले पहिलो किस्ता र सरकारले निर्धारण गरेको ३ प्रतिशत शैक्षिक समानता शुल्कसहित कुल  १ लाख १३ हजार ५०६ रुपैयाँ जम्मा गर्न भनिएकाे छ । यो रकम १ श्रावणपछिमात्र जम्मा गर्न सकिनेछ ।

वेटिङ लिस्टमा रहेका विद्यार्थीलाई मेरिट लिस्टका विद्यार्थीले सीट भर्ना नगरेको अवस्थामा मात्र अवसर दिइनेछ। यसका लागि कलेजले छुट्टै सूचना निकाल्ने जनाएको छ । यसैगरी, विथहेल्ड लिस्टमा रहेका ७ जना विद्यार्थीले तत्काल कलेज प्रशासनसँग सम्पर्क गरी बाँकी प्रक्रिया पूरा गर्नुपर्ने छ। 

भर्ना प्रक्रियाका लागि सफल उम्मेदवारहरूले मूल प्रमाणपत्रसहित सबै आवश्यक कागजात बोकेर कार्यालय समयभित्र (बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म) उपस्थित हुनुपर्ने कलेजले जनाएको छ ।

सम्बन्धित खवर

कानून व्यवसायी : एउटा भ्रष्ट र असभ्य शब्द

कानून व्यवसायी : एउटा भ्रष्ट र असभ्य शब्द

शीर्षकमा दिइएको विषयमा प्रवेश गर्नुभन्दा अगाडि केही पूर्वजानकारीमा जाऔं, जसले लेखको विषयवस्तु बुझाउन सजिलो...

त्रिवि कानून संकायले सार्वजनिक गर्‍यो B.A.LL.B प्रवेश परीक्षाको नतिजा (नतिजासहित ) 

त्रिवि कानून संकायले सार्वजनिक गर्‍यो B.A.LL.B प्रवेश परीक्षाको नतिजा (नतिजासहित ) 

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय कानून संकाय, डीनको कार्यालयले बी.ए.एल एल.बी (B.A.LL.B) कार्यक्रमको प्रवेश परीक्षाको...

पाटन उच्च बार वामपन्थीको कब्जामा, सेवन्तराज बने अध्यक्ष (मत परिणामसहित)

पाटन उच्च बार वामपन्थीको कब्जामा, सेवन्तराज बने अध्यक्ष (मत परिणामसहित)

ललितपुर । उच्च अदालत बार एशोसिएसन, पाटनको अध्यक्षमा अधिवक्ता सेवन्तराज निरौला विजयी बनेका छन्...

मतदानस्थलमा रास्वपा सांसद छिरेपछि उच्च बारको चुनाबमा हुलदंगा, प्रहरीले च्यात्यो कालो कोट

मतदानस्थलमा रास्वपा सांसद छिरेपछि उच्च बारको चुनाबमा हुलदंगा, प्रहरीले च्यात्यो कालो कोट

ललितपुर । उच्च अदालत बार एशोसिएसन पाटनको निर्वाचनमा शनिबार दिउँसो केहीबेर हुलदंगा भयो ।...