क्यानका पूर्व महानिर्देशक गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतको आदेश

जस नेपाल

२ असार २०८३

क्यानका पूर्व महानिर्देशक गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतको आदेश

काठमाडौँ । विशेष अदालतले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण परियोजनासम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का तत्कालीन महानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

विशेष अदालतका सदस्य न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले मंगलबार गौतमको बयान तथा थुनछेक बहसपछि उनलाई हाललाई थुनामा राखेर मुद्दाको पुर्पक्ष अगाडि बढाउन आदेश दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण परियोजनामा परामर्शदाता (कन्सल्टेन्ट) नियुक्तिसम्बन्धी निर्णय प्रक्रियामा अनियमितता भएको आरोप लगाउँदै गौतमविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

 सञ्जीव गौतम

आयोगका अनुसार विमानस्थल निर्माणका लागि चीनको कम्पनीसँग भएको ईपीसी (EPC) सम्झौतामा परामर्शदाता खर्चको व्यवस्था हुँदाहुँदै छुट्टै बजेटबाट परामर्शदाता नियुक्ति प्रक्रिया अघि बढाइएको थियो । त्यसबाट प्राधिकरणलाई ८ करोड ९५ लाख २ हजार ७ सय ८० रुपैयाँ हानिनोक्सानी पुगेको दाबी गर्दै अख्तियारले सोही रकम बिगो कायम गरी मुद्दा दायर गरेको छ ।

थुनछेक बहसका क्रममा गौतमले आफूले कुनै रकम हिनामिना नगरेको र आरोपित कसुरमा संलग्न नरहेको जिकिर गरेका थिए । तर अदालतले प्रारम्भिक रूपमा प्राप्त प्रमाणका आधारमा उनीमाथि अभियोग दाबीको परीक्षण हुनुपर्ने देखिएको निष्कर्ष निकाल्दै थुनामा पठाउने आदेश गरेको हो ।

आदेशमा पोखरा विमानस्थल निर्माणसम्बन्धी खरिद सम्झौता, लागत स्वीकृति, परामर्शदाता नियुक्तिको प्रक्रिया तथा तत्कालीन महानिर्देशकका रूपमा गौतमको भूमिकासम्बन्धी कागजातलाई आधार प्रमाणका रूपमा उल्लेख गरिएको छ ।

 

सम्बन्धित खवर

कुटेर कैदीको हत्या गर्ने सङ्खुवासभा कारागारका ७ प्रहरीसहित १५ जनालाई जन्मकैदको सजाय

कुटेर कैदीको हत्या गर्ने सङ्खुवासभा कारागारका ७ प्रहरीसहित १५ जनालाई जन्मकैदको सजाय

सङ्खुवासभा । सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई जना कैदी हत्या प्रकरणका ७ जना प्रहरीसहित...

मेडिको-लिगल : न्याय र चिकित्साको सम्बन्ध

मेडिको-लिगल : न्याय र चिकित्साको सम्बन्ध

काठमाडौँ । सडक दुर्घटना, हिंसात्मक घटना र शंकास्पद मृत्युका घटनाहरु समाजमा दैनिकजसो भइरहेका हुन्छन्।...

जुत्ता फुकालेर मुद्दा हेर्ने भारतीय न्यायाधीश एम.आर.शाह भन्छन्- अदालत न्यायको मन्दिर हो

जुत्ता फुकालेर मुद्दा हेर्ने भारतीय न्यायाधीश एम.आर.शाह भन्छन्- अदालत न्यायको मन्दिर हो

भारतीय सर्वोच्च अदालतका पूर्वन्यायाधीश एम.आर. शाह । तस्बिर स्रोत बार एण्ड बेञ्च भारतीय सर्वोच्च...

न्याय र कानूनको क्षेत्रमा अनुसन्धानको महत्व

न्याय र कानूनको क्षेत्रमा अनुसन्धानको महत्व

ज्ञान, तथ्य र प्रमाणको व्यवस्थित खोज, विश्लेषण तथा व्याख्या गर्ने वैज्ञानिक विधि र व्यवस्थित...