डोटीको बडीकेदार गाउँपालिका तत्कालीन अध्यक्ष र उपाध्यक्षसहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

जस नेपाल

२ असार २०८३

डोटीको बडीकेदार गाउँपालिका तत्कालीन अध्यक्ष र उपाध्यक्षसहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोटीको बडीकेदार गाउँपालिकामा ढुंगा, गिट्टी तथा बालुवा उत्खननसम्बन्धी ठेक्कामा अनियमितता गरी राजस्व हिनामिना गरेको आरोपमा तत्कालीन अध्यक्ष कृष्णबहादुर चन्द र उपाध्यक्ष इन्द्राकुमारी बोहरासहित आठ व्यक्ती र एक कम्पनी विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार आर्थिक वर्ष २०७७र७८ मा ठूलीगाड र कापडीगाडको बगर क्षेत्रबाट ढुंगा, गिट्टी तथा बालुवा उत्खनन गर्दा संकलन हुन सक्ने राजस्व रकमलाई बिना आधार अस्वाभाविक रूपमा घटाई न्यूनतम ठेक्का अंक निर्धारण गरिएको थियो । आइईई प्रतिवेदनले वार्षिक ३३ लाख ११ हजार ३४६ रुपैयाँभन्दा बढी राजस्व उठ्न सक्ने देखाए पनि ठेक्का रकम क्रमशः ७ लाख, ३ लाख र अन्ततः २ लाख रुपैयाँमा झारिएको आयोगको दाबी छ ।

अख्तियारले ठेक्का प्रक्रियामा प्रतिस्पर्धा सीमित पार्न सूचना राष्ट्रिय तथा प्रदेशस्तरका पत्रिकामा प्रकाशन नगरिएको, पूर्वनियोजित रूपमा निश्चित फर्मलाई ठेक्का दिलाइएको तथा सम्झौता बमोजिमको राजस्वसमेत राज्य कोषमा दाखिला नगरिएको जनाएको छ। यसबाट गाउँपालिकालाई १४ लाख १० हजार २४० रुपैयाँ बराबरको हानिनोक्सानी पुगेको निष्कर्ष आयोगले निकालेको छ ।

मुद्दामा तत्कालीन अध्यक्ष चन्द, उपाध्यक्ष बोहरा, निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपकराज जैशी, लेखापाल युवराज भट्ट, शिक्षा अधिकृत विवेक देउवा, सब–इन्जिनियर दानबहादुर पछेरा, ठेकेदार कम्पनी भागरथी निर्माण सेवा धनगढी तथा त्यसका सञ्चालक पशुपति जोशी र अख्तियारप्राप्त व्यक्ति केशवबहादुर बमलाई प्रतिवादी बनाइएको छ।

अख्तियारले मुख्य प्रतिवादीहरूविरुद्ध १४ लाख १० हजार २४० रुपैयाँ बिगो कायम गरी कैद, जरिवाना तथा बिगो असुलउपरको मागदाबी गरेको छ ।

हेर्नुहाेस् आराेपपत्र :

सम्बन्धित खवर

वायुसेवा नियुक्ति विवादित : सरकारका नाममा कारण देखाऊ आदेश

वायुसेवा नियुक्ति विवादित : सरकारका नाममा कारण देखाऊ आदेश

काठमाडौँ । नेपाल वायु सेवा सञ्चालक समितिको सदस्यमा सरकारले गरेको नियुक्तिसम्बन्धी विवादमा सर्वोच्च अदालतले...

भ्रष्टाचार मुद्दामा रामशरण महतको स्वास्थ्य कारणले गरिएको मुलतवीको माग अस्वीकृत

भ्रष्टाचार मुद्दामा रामशरण महतको स्वास्थ्य कारणले गरिएको मुलतवीको माग अस्वीकृत

काठमाडौँ । भ्रष्टाचारको आरोप लागेका पूर्वअर्थमन्त्री एवं कांग्रेस नेता डा. रामशरण महतको मुद्दालाई स्वास्थ्य...

भ्रष्टाचारको पैसाले श्रीमतीका नाममा जग्गा  किनेको आरोप

भ्रष्टाचारको पैसाले श्रीमतीका नाममा जग्गा किनेको आरोप

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीले ठेक्का...

उच्च अदालत पाटनमा एक वर्षमा ११ हजार ४६८ मुद्दा फछ्र्योट

उच्च अदालत पाटनमा एक वर्षमा ११ हजार ४६८ मुद्दा फछ्र्योट

काठमाडौँ । उच्च अदालत पाटनले गत आर्थिक वर्ष २०८२/०८३ मा ११ हजार ४६८ मुद्दा...