मधेस प्रदेश : मुख्यमन्त्री यादवविरुद्धको रिटमाथि आज पनि सुनुवाइ हुँदै

१२ मंसिर २०८२

मधेस प्रदेश : मुख्यमन्त्री यादवविरुद्धको रिटमाथि आज पनि सुनुवाइ हुँदै

काठमाडाैं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिसम्बन्धी विवादमा दायर रिटको सुनुवाइ आज पनि जारी रहने भएको छ। बिहिबार बहस नसकिएपछि मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको थियो।

न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले रिटमा उठाइएका दाबी–प्रमाणका आधारमा थप छलफल गर्दै सुनुवाइ अगाडि बढाएकाे छ।

मुख्यमन्त्री यादवको नियुक्ति असंवैधानिक भएको दाबी गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ जना सांसदले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उनीहरूले संविधानको प्रावधान विपरीत सरकार गठन भएको आरोप लगाउँदै मुख्यमन्त्री नियुक्ति र सपथ दुवै रद्द गर्न माग गरेका छन्।

यसअघि रकीप्रसाद यादवसहितले दायर गरेको अर्को रिटमा सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई मधेस प्रदेशमा दीर्घकालीन प्रभाव पार्ने कुनै पनि नीतिगत वा कार्यकारी निर्णय नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ। न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले जारी गरेको उक्त आदेशका बीच आज पुनः सुनुवाइ हुँदैछ।

सम्बन्धित खवर

बझाङको सुनकुडा माविमा अनियमितता : पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बझाङको सुनकुडा माविमा अनियमितता : पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । बझाङको बित्थडचिर गाउँपालिका-९ स्थित श्री सुनकुडा माध्यमिक विद्यालयको भवन निर्माण लगायत काममा...

सरकार र जेनजीबिचकाे १० बुँदे सम्झौताविरुद्धको रिटमा सुनुवाइ हुँदै

सरकार र जेनजीबिचकाे १० बुँदे सम्झौताविरुद्धको रिटमा सुनुवाइ हुँदै

काडमाडाैँ । सरकार र जेनजी प्रतिनिधिबिच भएको १० बुँदे सम्झौताविरुद्ध दायर रिट निवेदनमा आज...

सरकार र जेनजीको १० बुँदे सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’मा

सरकार र जेनजीको १० बुँदे सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’मा

काठमाडाैँ । सरकार र जेनजी प्रतिनिधिबिच भएको १० बुँदे सम्झौता विरुद्ध दायर रिट निवेदनको...

नेकपा जाजरकोटका उम्मेदवार शक्ति बस्नेतसँग आयोगले सोध्यो स्पष्टीकरण

नेकपा जाजरकोटका उम्मेदवार शक्ति बस्नेतसँग आयोगले सोध्यो स्पष्टीकरण

काठमाडाैँ ।  निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा नेकपाका तर्फबाट जाजरकोटका उम्मेदवार बनेका...