प्रतिनिधि सभा : सरेको सरै, सरेको सरै…

जस नेपाल

१३ असार २०८३

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज पनि नबस्ने भएको छ ।

विशेष कारण देखाउँदै एक दिन सरेर असार १४ गते आइतबार बिहान ११ बजे बस्ने भएको छ ।

सङ्घीय संसद् सचिवालयले शुक्रबार जारी गरेको सूचना अनुसार, असार १३ गते शनिबार बिहान ११ बजे बस्ने गरी निर्धारित बैठक विशेष कारणले बस्न नसक्ने भएपछि सभामुखले प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम नयाँ मिति तोकिएको छ ।

यस अघि पनि शुक्रबार दिउँसो १ बजेलाई तय भएको बैठक सूचना जारी गरेर शनिबारलाई डाकिएको थियो । तर शुक्रबार दिउँसो आर्को सूचना निकाल्दै शनिबारबाट आइतबार पुर्‍याइएको हो ।

यसअघि पनि बिहिबारका लागि बोलाइएको बैठक पहिलो सूचनामार्फत शुक्रबारलाई तय भएको थियो ।

यसरी बारमबार बैठक सर्नुको कारण चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन लम्बिएनुसँग जोडिएको आंकलन गर्न सकिन्छ ।

हेर्नुहोस् सूचना-

यो पनि –

आज पनि बस्न सकेन प्रतिनिधिसभा, अर्को बैठक शनिबार

सम्बन्धित खवर

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट : सुनुवाइ आगामी मंगलबार हुने

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट : सुनुवाइ आगामी मंगलबार हुने

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट सर्वोच्च अदालतमा दायर...

यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आयोगको निर्देशन

यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आयोगको निर्देशन

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रियरअन्तरराष्ट्रिय प्रतिबद्धताको प्रभावकारी रुपमा कार्यान्वयन गरी यातनापीडितको न्यायमा...

आज पनि बस्न सकेन प्रतिनिधिसभा, अर्को बैठक शनिबार

आज पनि बस्न सकेन प्रतिनिधिसभा, अर्को बैठक शनिबार

काठमाडौँ । प्रतिनिधिसभाको आज शुक्रबारका लागि निर्धारित बैठक स्थगित भएको छ । सङ्घीय संसदका...

टेस्लाको ‘अटो ड्राइभ मोड’ले निम्त्याएको दुर्घटना : मृतक परिवार अदालतमा, कारबाही कसलाई गर्ने ?

टेस्लाको ‘अटो ड्राइभ मोड’ले निम्त्याएको दुर्घटना : मृतक परिवार अदालतमा, कारबाही कसलाई गर्ने ?

काठमाडौँ । प्रविधिको विकाससँगै सवारी साधन क्षेत्रमा पनि नयाँ-नयाँ वैज्ञानिक प्रविधिको प्रयोग तीव्र रूपमा...