विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा दिपक भट्टको फाइल झिकाउन आदेश

जस नेपाल

१६ असार २०८३

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा दिपक भट्टको फाइल झिकाउन आदेश

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान प्रयोजनमा हाल न्यायिक हिरासतमा रहेका पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेल बन्दीप्रत्यक्षीकरण मुद्दामा फाइल झिकाउन आदेश भएको छ ।

पौडेलकी पत्नी दोमाया पौडेलले असार १० मा दायर गरेको रिटमा सर्वोच्चका न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र मेघराज पौडेलको संयुक्त इजलासले काठमाडौँ जिल्ला अदालत र विशेष अदालतबाट व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाल समेतको फाइल मगाउन आदेश दिएको हो ।

‘विशेष, उच्च र जिल्ला अदालतबाट दिपक भट्ट र सुलभ अग्रवालको मुद्दाको फाइल झिकाउन आदेश भएको छ, सँगै यसअघि दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनको किनारा लागेको मिसिल पनि सर्वोच्चकै अभिलेख शाखाबाट झिकाउन भएको छ’, सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले भने ।

सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोत देखिएपछि पौडेललाई सम्पत्ति शुद्धीकरण विभागले सुर्खेतबाट असार ८ गते पक्राउ गरेको थियो ।

सम्पत्ति शुद्धीकरण मुद्दामै पौडेलका भित्री साझेदार भनिएका भट्ट र अग्रवाल यही असार ३ देखि पुर्पक्षका लागि थुनामा छन्‌ ।

सर्वोच्चले झिकाउन भनेका फाइलहरू –

  • विष्णु पौडेलसमेत प्रतिवादी रहेको सम्पत्ति शुद्धीकरण मुद्दा (विशेष अदालतबाट) ।
  • विष्णु पौडेलसमेत प्रतिवादी रहेको बैंकिङ कसुर मुद्दा (उच्च अदालत पाटनबाट) ।
  • आशिष श्रेष्ठसमेत प्रतिवादी रहेको बीमा सम्बन्धी कसुर मुद्दा (काठमाडौं जिल्ला अदालतबाट) ।
  • सुलभ अग्रवालसमेत प्रतिवादी रहेको चिट्ठोपत्र सम्बन्धी कसुर मुद्दा (काठमाडौं जिल्ला अदालतबाट) ।
  • दीपक भट्टसमेत प्रतिवादी रहेको चिट्ठोपत्र सम्बन्धी कसुर मुद्दा (काठमाडौं जिल्ला अदालतबाट) ।

सम्बन्धित खवर

सर्वोच्चले भन्यो – डीडीसीका पूर्व महाप्रबन्धक साहले भ्रष्टाचार गरेकै हो

सर्वोच्चले भन्यो – डीडीसीका पूर्व महाप्रबन्धक साहले भ्रष्टाचार गरेकै हो

काठमाडौँ । दुग्ध विकास संस्थान (डीडीसी) का पूर्व प्रबन्ध निर्देशक डा. शत्रुघ्नप्रसाद साहविरुद्धको अकूत...

नसिहत र चेतावनी पाउने बैङ्क सञ्चालक/सीईओ अब अयोग्य, यस्तो छ सर्वोच्चको आदेश

नसिहत र चेतावनी पाउने बैङ्क सञ्चालक/सीईओ अब अयोग्य, यस्तो छ सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैङ्कबाट नसिहत र चेतावनी पाउने बैङ्क तथा वित्तीय...

विष्णु पौडेललाई थप ३ दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति

विष्णु पौडेललाई थप ३ दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति

काठमाडौँ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष...

उच्च अदालत पाटन बारको नयाँ कार्यसमिति चयनका लागि साउन ३० गते निर्वाचन हुने

उच्च अदालत पाटन बारको नयाँ कार्यसमिति चयनका लागि साउन ३० गते निर्वाचन हुने

काठमाडौं । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमिति चयनका लागि २०८३ साल साउन...