यी हुन् विष्णु पौडेलको मुद्दामा सर्वोच्चले झिकाउनू भनेका ५ फायल

जस नेपाल

१६ असार २०८३

यी हुन् विष्णु पौडेलको मुद्दामा सर्वोच्चले झिकाउनू भनेका ५ फायल

काठमाडौँ । सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै उनीसँग सम्बन्धित विभिन्न मुद्दाका पाँच वटा फाइल झिकाउन आदेश दिएको छ ।

न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको संयुक्त इजलासले मंगलबार दिएको आदेशमा सम्पत्ति शुद्धीकरण, बैंकिङ कसुर, बीमा कसुर तथा चिट्ठोपत्रसम्बन्धी कसुरका मुद्दाका मिसिलहरू झिकाउन भनिएको हो । साथै व्यवसायी दीपक भट्टले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटको मिसिलसमेत अध्ययनका लागि झिकाउन आदेश भएको छ।

सर्वोच्चले झिकाउन भनेका फाइलहरू यस्ता छन्–

  • विष्णु पौडेलसमेत प्रतिवादी रहेको सम्पत्ति शुद्धीकरण मुद्दा (विशेष अदालतबाट) ।
  • विष्णु पौडेलसमेत प्रतिवादी रहेको बैंकिङ कसुर मुद्दा (उच्च अदालत पाटनबाट) ।
  • आशिष श्रेष्ठसमेत प्रतिवादी रहेको बीमा सम्बन्धी कसुर मुद्दा (काठमाडौं जिल्ला अदालतबाट) ।
  • सुलभ अग्रवालसमेत प्रतिवादी रहेको चिट्ठोपत्र सम्बन्धी कसुर मुद्दा (काठमाडौं जिल्ला अदालतबाट) ।
  • दीपक भट्टसमेत प्रतिवादी रहेको चिट्ठोपत्र सम्बन्धी कसुर मुद्दा (काठमाडौं जिल्ला अदालतबाट) ।

त्यसैगरी, दीपक भट्टले नेपाल सरकार, गृह मन्त्रालयलगायतलाई विपक्षी बनाई दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट निवेदनको मिसिल पनि अभिलेख शाखाबाट झिकाई अवलोकनार्थ संलग्न राख्न आदेश दिइएको छ ।

यसअघि सर्वोच्च अदालतले विष्णु पौडेललाई पक्राउ गर्नुको कारण पेश गर्न विपक्षी निकायहरूका नाममा आदेश जारी गरेको थियो । पौडेलकी पत्नी दोमाया पौडेलले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा थप अध्ययन आवश्यक देखिएपछि अदालतले सम्बन्धित मुद्दाका मिसिलहरू झिकाउन आदेश दिएको हो ।

आदेश हेर्नुहाेस् :

सम्बन्धित खवर

बैंक जमानत हिनामिना गरेकाे भन्दै गाउँपालिका कर्मचारी र कन्स्ट्रक्सनका सञ्चालकविरुद्ध आरोपपत्र दायर

बैंक जमानत हिनामिना गरेकाे भन्दै गाउँपालिका कर्मचारी र कन्स्ट्रक्सनका सञ्चालकविरुद्ध आरोपपत्र दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाको पलापु लिफ्ट खानेपानी योजनामा भएको...

बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण

बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८३/८४...

घुस लिने र दिने दुवैलाई एक–एक महिना कैद गर्न विशेष अदालतको आदेश

घुस लिने र दिने दुवैलाई एक–एक महिना कैद गर्न विशेष अदालतको आदेश

काठमाडौँ । विशेष अदालत काठमाडाैँले सेवा उपलब्ध गराएबापत घुस लिएको ठहर गर्दै वीर अस्पतालका...

महान्यायाधिवक्त्ताको योग्यता जाँच्न सर्वोच्चले झिकायो ‘ट्राभल हिस्ट्री’

महान्यायाधिवक्त्ताको योग्यता जाँच्न सर्वोच्चले झिकायो ‘ट्राभल हिस्ट्री’

काठमाडौँ । सर्वोच्च अदालतले महाधिवक्ता डा. नारायणदत्त कँडेलको नियुक्तिविरुद्ध परेको रिटमा उनको विदेश आवतजावत...