बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण

जस नेपाल

१७ असार २०८३

बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेट नल्याएका २३ स्थानीय तहसँग स्पष्टीकरण मागेको छ ।

मन्त्रालयले आज पत्रमार्फत बजेट नल्याउने गाउँपालिका तथा नगरपालिकालाई तीन दिनभित्र बजेट तर्जुमा प्रक्रियाको अवस्था र ढिलाइको कारण स्पष्ट पारेर विवरण पठाउन निर्देशन दिएको हो । पत्रमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार स्थानीय तहले आगामी आर्थिक वर्षको राजस्व र व्यय ९बजेट० असार १० गतेभित्र कार्यपालिकाबाट स्वीकृत गरी सभामा पेस गर्नुपर्ने तथा असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था रहेको उल्लेख गरिएको छ ।

मन्त्रालयले आफ्नो पोर्टलमा प्रविष्ट विवरण तथा प्राप्त प्रतिवेदनका आधारमा केही स्थानीय तहले हालसम्म आर्थिक वर्ष २०८३/८४ को बजेट कानुनले तोकेको समयसीमाभित्र पेस नगरेको देखिएकाले आवश्यक स्पष्टीकरण मागिएको जनाएको छ । पत्रमा बजेट तर्जुमा प्रक्रिया हाल कुन चरणमा रहेको, तोकिएको समयभित्र बजेट सभामा पेस गर्न नसक्नुको कारण के हो, तथा मन्त्रालयबाट थप समन्वय वा सहजीकरण आवश्यक भए सो समेत खुलाएर पत्र प्राप्त भएको मितिले तीन दिनभित्र जानकारी गराउन भनिएको छ ।

सम्बन्धित खवर

बैंक जमानत हिनामिना गरेकाे भन्दै गाउँपालिका कर्मचारी र कन्स्ट्रक्सनका सञ्चालकविरुद्ध आरोपपत्र दायर

बैंक जमानत हिनामिना गरेकाे भन्दै गाउँपालिका कर्मचारी र कन्स्ट्रक्सनका सञ्चालकविरुद्ध आरोपपत्र दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाको पलापु लिफ्ट खानेपानी योजनामा भएको...

घुस लिने र दिने दुवैलाई एक–एक महिना कैद गर्न विशेष अदालतको आदेश

घुस लिने र दिने दुवैलाई एक–एक महिना कैद गर्न विशेष अदालतको आदेश

काठमाडौँ । विशेष अदालत काठमाडाैँले सेवा उपलब्ध गराएबापत घुस लिएको ठहर गर्दै वीर अस्पतालका...

महान्यायाधिवक्त्ताको योग्यता जाँच्न सर्वोच्चले झिकायो ‘ट्राभल हिस्ट्री’

महान्यायाधिवक्त्ताको योग्यता जाँच्न सर्वोच्चले झिकायो ‘ट्राभल हिस्ट्री’

काठमाडौँ । सर्वोच्च अदालतले महाधिवक्ता डा. नारायणदत्त कँडेलको नियुक्तिविरुद्ध परेको रिटमा उनको विदेश आवतजावत...

यी हुन् विष्णु पौडेलको मुद्दामा सर्वोच्चले झिकाउनू भनेका ५ फायल

यी हुन् विष्णु पौडेलको मुद्दामा सर्वोच्चले झिकाउनू भनेका ५ फायल

काठमाडौँ । सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै उनीसँग...