अदालतमा मुद्दा हारेपछि निर्माण व्यवसायीले कार्यकक्षमै कुटे प्रमुख प्रशासकीय अधिकृत !

जस नेपाल

१८ असार २०८३

अदालतमा मुद्दा हारेपछि निर्माण व्यवसायीले कार्यकक्षमै कुटे प्रमुख प्रशासकीय अधिकृत !

चितवन । इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतमाथि गाउँपालिकाकै कार्यकक्षभित्र कुटपिट भएको आरोप लागेको छ । घटनामा निर्माण व्यवसायी लालबहादुर तामाङसहित ६ जनाको समूह संलग्न रहेको बताइएको छ ।

प्रहरीका अनुसार बिहीबार बिहान करिब ११ बजे तामाङसहितको टोली गाउँपालिकाको कार्यालयमा पुगेको थियो । उनीहरूले प्रमुख प्रशासकीय अधिकृत बस्नेतको कार्यकक्षमा प्रवेश गरी ढोका बन्द गरेर सामूहिक रूपमा हातपात गरेको आरोप छ ।

चितवन प्रहरीका प्रवक्ता डीएसपी चन्द्रभूषण यादवले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिँदै बस्नेतमाथि कार्यकक्षमै कुटपिट भएको पुष्टि गरे । कुटपिटबाट घाइते भएका बस्नेतको इच्छाकामना आधारभूत अस्पतालमा उपचार गरिएको छ। उनको शरीरका विभिन्न भागमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।

गाउँपालिकाका कर्मचारीहरूका अनुसार खोलाबाट ढुंगागिट्टी उत्खननसम्बन्धी विवाद अदालतसम्म पुगेको थियो । उक्त मुद्दामा जिल्ला अदालत चितवनले गाउँपालिकाको पक्षमा फैसला गरेको भोलिपल्ट प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमण भएको उनीहरूको दाबी छ ।

घटनापछि गाउँपालिकाका कर्मचारीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै किंगफिसर कन्स्ट्रक्सनका निर्माण व्यवसायी लालबहादुर तामाङसहित ६ जनाको समूहले प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट गरेको आरोप लगाएका छन् । विज्ञप्तिमा बस्नेतमाथि ज्यान मार्ने उद्देश्यले आक्रमण गरिएको तथा उनका परिवारलाई समेत धम्की दिइएको उल्लेख छ ।

सार्वजनिक पदमा कार्यरत कर्मचारीमाथि कार्यालय परिसरभित्रै भएको आक्रमणप्रति कर्मचारीहरूले गम्भीर ध्यानाकर्षण जनाउँदै दोषीमाथि कानूनबमोजिम कारबाही गर्न माग गरेका छन् ।

प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

सम्बन्धित खवर

न्याय सम्पादनमा बार र बेञ्चको महत्त्वपूर्ण भूमिका हुन्छ : प्रधानन्यायाधीश शर्मा

न्याय सम्पादनमा बार र बेञ्चको महत्त्वपूर्ण भूमिका हुन्छ : प्रधानन्यायाधीश शर्मा

दमौली (तनहुँ) । प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले न्याय सम्पादनमा बार र बेञ्चको महत्त्वपूर्ण भूमिका...

‘हरिप्रसाद प्रधान नेपालको पहिलो प्रधान न्यायाधीश होइनन्’

‘हरिप्रसाद प्रधान नेपालको पहिलो प्रधान न्यायाधीश होइनन्’

काठमाडौँ । नेपालको पहिलो प्रधान न्यायाधीश को हो ? कानूनका विद्यार्थीबाट तुरुन्तै जवाफ आउँछ-...

चिनियाँ कम्पनीको मुद्दामा सर्वोच्चको आदेश : एक पालिकाबाट अर्कोमा निर्माण सामग्री ढुवानी गर्दा कर नलिनू (पूर्णपाठसहित)

चिनियाँ कम्पनीको मुद्दामा सर्वोच्चको आदेश : एक पालिकाबाट अर्कोमा निर्माण सामग्री ढुवानी गर्दा कर नलिनू (पूर्णपाठसहित)

काठमाडौँ । सर्वोच्च अदालतले मुग्लिङ-पोखरा सडक स्तरोन्नति आयोजनामा संलग्न चिनियाँ निर्माण कम्पनीबाट शुक्लागण्डकी नगरपालिकाले...

कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवाले दायर गरे सर्वोच्चमा रिट

कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवाले दायर गरे सर्वोच्चमा रिट

काठमाडौँ । सर्वोच्च अदालतमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न आदेशको माग गर्दै रिट निवेदन...