साल्ट ट्रेडिङका सहायक प्रबन्धकविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर र बढुवा लिएको आरोपमा भ्रष्टाचार मुद्दा

जस नेपाल

१८ असार २०८३

साल्ट ट्रेडिङका सहायक प्रबन्धकविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर र बढुवा लिएको आरोपमा भ्रष्टाचार मुद्दा

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी स्वामित्वको संस्थानमा जागिर प्रवेश र बढुवा समेत लिएको आरोपमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका सहायक प्रबन्धक मनोजकुमार झाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा आरोपपत्र दायर गर्दै झालाले झुट्टा शैक्षिक प्रमाणपत्रका आधारमा सेवा प्रवेश र बढुवा लिई ओहदा, लाभ तथा सुविधा प्राप्त गरेको दाबी गरेको छ ।

आयोगका अनुसार झालाले सन् १९९८ मा Magadh University बाट प्राप्त गरेको भनिएको बीएस्सी तहको मार्कसिट, इमिग्रेसन सर्टिफिकेट, ट्रान्सफर सर्टिफिकेट र प्रोभिजनल सर्टिफिकेटलगायतका कागजात झुट्टा तथा नक्कली रहेको अनुसन्धानबाट खुलेको अख्तियारकाे दाबी छ ।

उक्त प्रमाणपत्रका आधारमा उनले २०६४ सालमा साल्ट ट्रेडिङ कर्पोरेशनको प्रमुख सहायक (सहायक केमिष्ट) पदमा नियुक्ति लिएको र पछि सोही प्रमाणपत्र प्रयोग गरी सहायक प्रबन्धक (सातौँ तह) पदमा बढुवा समेत पाएको अख्तियारको आरोप छ ।

आयोगले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) अन्तर्गतको कसुरमा दोषी ठहर गरी सोही दफाबमोजिम कैद र जरिवानाको सजाय माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ ।

हेर्नुहाेस् प्रेस विज्ञप्ति :

सम्बन्धित खवर

न्याय सम्पादनमा बार र बेञ्चको महत्त्वपूर्ण भूमिका हुन्छ : प्रधानन्यायाधीश शर्मा

न्याय सम्पादनमा बार र बेञ्चको महत्त्वपूर्ण भूमिका हुन्छ : प्रधानन्यायाधीश शर्मा

दमौली (तनहुँ) । प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले न्याय सम्पादनमा बार र बेञ्चको महत्त्वपूर्ण भूमिका...

‘हरिप्रसाद प्रधान नेपालको पहिलो प्रधान न्यायाधीश होइनन्’

‘हरिप्रसाद प्रधान नेपालको पहिलो प्रधान न्यायाधीश होइनन्’

काठमाडौँ । नेपालको पहिलो प्रधान न्यायाधीश को हो ? कानूनका विद्यार्थीबाट तुरुन्तै जवाफ आउँछ-...

चिनियाँ कम्पनीको मुद्दामा सर्वोच्चको आदेश : एक पालिकाबाट अर्कोमा निर्माण सामग्री ढुवानी गर्दा कर नलिनू (पूर्णपाठसहित)

चिनियाँ कम्पनीको मुद्दामा सर्वोच्चको आदेश : एक पालिकाबाट अर्कोमा निर्माण सामग्री ढुवानी गर्दा कर नलिनू (पूर्णपाठसहित)

काठमाडौँ । सर्वोच्च अदालतले मुग्लिङ-पोखरा सडक स्तरोन्नति आयोजनामा संलग्न चिनियाँ निर्माण कम्पनीबाट शुक्लागण्डकी नगरपालिकाले...

कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवाले दायर गरे सर्वोच्चमा रिट

कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवाले दायर गरे सर्वोच्चमा रिट

काठमाडौँ । सर्वोच्च अदालतमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न आदेशको माग गर्दै रिट निवेदन...