विद्यालय भवन निर्माणमा ११ लाख बढी भ्रष्टाचार : प्रधानाध्यापकसहित चारजनाविरुद्ध मुद्दा दायर

जस नेपाल

१९ असार २०८३

विद्यालय भवन निर्माणमा ११ लाख बढी भ्रष्टाचार : प्रधानाध्यापकसहित चारजनाविरुद्ध मुद्दा दायर

काठमाडौँ  । रौतहटको राजपुर नगरपालिका-५ जनता (नमूना) माध्यमिक विद्यालयको प्रि–स्कुल ब्लक निर्माणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार जना विरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

आयोगले विद्यालय भवन निर्माणमा नभएको कामको झुट्टा बिल बनाएर ११ लाख १० हजार ११४ रुपैयाँ ५७ पैसा बढी भुक्तानी गरेको भन्दै तत्कालीन प्रशासकीय अधिकृत, इन्जिनियर, प्रधानाध्यापक र लेखापाललाई प्रतिवादी बनाएको हो ।

आयोगका अनुसार, २०७५ फाल्गुन ०३ मा राजपुर नगरपालिकाले विद्यालयको नमूना विकास कार्यक्रम अन्तर्गत बहुवर्षीय गुरुयोजना स्वीकृत गरी प्रधानाध्यापकको अध्यक्षतामा भौतिक संरचना निर्माण समिति गठन गरेको थियो । परामर्शदाता डी.बी. मल्टी इन्जिनियरिङ कन्सल्टेन्टले तयार पारेको आठकोठे भवन निर्माणको लागत अनुमान ९७ लाख ३७ हजार ९९४ रुपैयाँ ६२ पैसा थियो ।

पछिल्लो समय उक्त लागत संशोधन गरी १ करोड ५ लाख ७७ हजार ५९६ रुपैयाँ ४० पैसा पुर्‍याइएको थियो । निर्माण समितिले २०७७ माघ १६ को बैठकबाट भवन निर्माणको मूल्यांकन बिल र कार्य सम्पन्न प्रतिवेदन तयार पारी कुल १ करोड ९ लाख ८१ हजार ५०१ रुपैयाँ १० पैसा बराबरको भुक्तानी प्रक्रिया अघि बढाएको देखिएको छ ।

तर अख्तियारको स्थलगत नापजाँचमा ११ लाख १० हजार ११४ रुपैयाँ ५७ पैसा बराबरको काम नै नभएको पाइएको छ । प्रतिवादीहरूले बदनियतपूर्वक नभएको कामको भरपाई र बिल बनाएर बढी मूल्यांकन गरी सरकारी तथा विद्यालय कोषलाई हानि पुर्‍याएको आयोगको ठहर छ ।

आरोपितहरू बैजु ठाकुर (तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत, राजपुर नगरपालिका) ,मोहम्मद शाह फैसल (तत्कालीन इन्जिनियर, राजपुर नगरपालिका), विजयकान्त मिश्र (तत्कालीन प्रधानाध्यापक, जनता माध्यमिक विद्यालय) र शेख जहिर (लेखापाल, जनता माध्यमिक विद्यालय) रहेका छन्  ।

आयोगले प्रतिवादीहरूका विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद, विगोबराबर जरिवाना र बिगो असुल उपरको मागदाबी गरेको छ ।

हेर्नुहोस् प्रेस विज्ञप्ति –

सम्बन्धित खवर

संवैधानिक निकायका रिक्त पदमा नियुक्ति सिफारिस गर्न संवैधानिक परिषद्को बैठक बस्दै

संवैधानिक निकायका रिक्त पदमा नियुक्ति सिफारिस गर्न संवैधानिक परिषद्को बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज शुक्रबार संवैधानिक परिषद् बैठक बस्दैछ । प्रधानमन्त्री...

सशस्त्र प्रहरी थमन विकको हत्या आरोपी एमालेका पूर्वसांसद कोइरी पक्राउ

सशस्त्र प्रहरी थमन विकको हत्या आरोपी एमालेका पूर्वसांसद कोइरी पक्राउ

महोत्तरी । नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन् । उच्च अदालत...

प्रतिनिधिसभा : सहकारी (पहिलो संशोधन) विधेयक पारित

प्रतिनिधिसभा : सहकारी (पहिलो संशोधन) विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको आज बिहिबारको बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ पारित भएको छ...

साल्ट ट्रेडिङका सहायक प्रबन्धकविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर र बढुवा लिएको आरोपमा भ्रष्टाचार मुद्दा

साल्ट ट्रेडिङका सहायक प्रबन्धकविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर र बढुवा लिएको आरोपमा भ्रष्टाचार मुद्दा

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी स्वामित्वको संस्थानमा जागिर प्रवेश र बढुवा...