झापामा नियम विपरीत सञ्चालित २ सय शैक्षिक परामर्श संस्था माथि कारबाही

जस नेपाल

२२ असार २०८३

झापामा नियम विपरीत सञ्चालित २ सय शैक्षिक परामर्श संस्था माथि कारबाही

दमक । झापा जिल्लामा नियम विपरीत सञ्चालित शैक्षिक परामर्श संस्था कारबाहीको दायरामा आएका छन् ।

नेपाल शैक्षिक परामर्श व्यवसायी सङ्घ (इक्यान) झापाले जिल्लामा झन्डै २०० वटा  शैक्षिक परामर्श संस्था नियम विपरीत सञ्चालन हुँदै आएको दाबी गरेको छ । इक्यानको परामर्शमा इलाका प्रहरी कार्यालयले जिल्लाका विभिन्न स्थानमा अनुगमन गरी कानूनअनुसार दर्ता नभएका शैक्षिक परामर्श दाता संस्थाको कागजात जफत गरी कारबाहीको दायरामा ल्याइएको छ ।

प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले कोशी प्रदेश सरकारमा जिल्लाका १८८ शैक्षिक संस्था नियमानुसार दर्ता भएका छन् । तर, झन्डै आधाले दर्ता अनुमतिबिना नै भाषा अध्यापनका लागि शैक्षिक परामर्श कक्षाहरु सञ्चालन गरेका भेट्टिएकाले कानूनको दायरमा ल्याउनुपरेको जानकारी दिए ।

दमकमा करिब ९०, विर्तामोडमा १२५ शैक्षिक परामर्श दाता संस्था छन् । दमकमा सञ्चालित परामर्श दाता संस्थामध्ये ३२ वटाले दर्ता अनुमति लिएका छन् ।  भाषा अध्यापन गराउने शैक्षिक परामर्श दाता संस्थाले विद्यार्थीसँग मोटो रकम असुल गरी आएको गुनासो आएपछि प्रशासनले अनुगमन तीव्र बनाएको हो ।

सम्बन्धित खवर

टेरामक्स प्रकरणमा विशेष अदालतको फैसला : कांग्रेस नेता मोहनबहादुर बस्नेतलाई सफाइ, दिगम्बर झालाई एक वर्ष जेल

टेरामक्स प्रकरणमा विशेष अदालतको फैसला : कांग्रेस नेता मोहनबहादुर बस्नेतलाई सफाइ, दिगम्बर झालाई एक वर्ष जेल

माेहनबहादुर बस्नेत काठमाडौँ । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतसमेत १६ जना प्रतिवादीहरु रहेको चर्चित...

पाल्हीनन्दन गाउँपालिका अध्यक्ष गुप्ताविरुद्ध ३ करोड ४६ लाखको भ्रष्टाचार मुद्दा दायर, पदबाट स्वतः निलम्बन

पाल्हीनन्दन गाउँपालिका अध्यक्ष गुप्ताविरुद्ध ३ करोड ४६ लाखको भ्रष्टाचार मुद्दा दायर, पदबाट स्वतः निलम्बन

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष...

पिटर मुरेलको पतन

पिटर मुरेलको पतन

बेलायतलाई विश्वका सबैभन्दा पारदर्शी र कानुनी शासन भएका लोकतान्त्रिक मुलुकहरूमध्ये एक मानिन्छ । यहाँ...

आयल निगमद्वारा नियमावली संसोधन : अब पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना

आयल निगमद्वारा नियमावली संसोधन : अब पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना

काठमाडौँ । पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित हुने गरी पेट्रोलपम्प बन्द गर्ने व्यवसायीमाथि अब कारबाही...