प्रतिनिधिसभा : बाध्यकारी श्रम महासन्धिको प्रोटोकलमाथि छलफल

जस नेपाल

२२ असार २०८३

प्रतिनिधिसभा : बाध्यकारी श्रम महासन्धिको प्रोटोकलमाथि छलफल

काठमाडौँ । प्रतिनिधिसभाको आज साेमबारको बैठकमा ‘बाध्यकारी श्रम महासन्धिको प्रोटोकल नं २९ र ८१’ माथि छलफल भएको छ ।

बैठकमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘अन्तरराष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं २९’ र ‘अन्तरराष्ट्रिय श्रम सङ्गठनको श्रम निरीक्षणसम्बन्धी महासन्धि, १९४७ (नं ८१)’ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

मन्त्री यादवले छलफलमा उठेका प्रश्नको जवाफ दिँदै श्रम सङ्गठनहरुलाई खारेज गर्न नखोजेको भन्दै एकीकृत भएर आउन आग्रह गरिएको जानकारी दिए ।

उनले प्राप्त सुझावलाई मनन् गरेर प्रोटोकलकोे कार्यान्वयनसम्बन्धी योजना तर्जुमा गरिने जिकिर गरे । मन्त्री यादवले श्रमसम्बन्धी मुद्दाको फस्र्योटले गति लिएको, राहत, उद्धार र क्षतिपूर्तिको क्रमलाई बढाइएको बताए । उनले गत तीन महिनामा रु १२ करोड क्षतिपूर्ति उपलब्ध गराइएको जानकारी दिएका छन् ।

छलफलमा सांसदहरु गोविन्द पन्थी, परशुराम तामाङ, नरेन्द्रकुमार केरूङ, डा पुष्पराज कँडेल, समीक्षा बाँस्कोटा, गणेशकुमार कार्की, कृष्णहरि बुढाथोकी, पुष्पा चौधरी, रीना उप्रेती, सुलभ खरेल, क्रान्तिशिखा धिताल, पारसमणि गेलाल, प्रमिलाकुमारी गच्छदार, ज्ञानेन्द्र सिंह महता, साजिदा खातुन, राजन गौतम, गणेशबहादुर विश्वकर्मा, कमल सुवेदी, प्रदीप विष्ट, गुरुप्रसाद बराल, यज्ञमणि न्यौपाने र रेनुका काउँचाले भाग लिएका थिए । सांसदहरूले श्रम कानूनको प्रभावकारी कार्यान्वयनका साथै श्रमिकको सम्मानजनक सुविधा र लगानीमैत्री वातावरणमा जोड दिएका हुन् ।

प्रतिनिधिसभाको अर्को बैठक असार २४ गते बुधबार बिहान ११ बजे बस्नेछ ।

सम्बन्धित खवर

बालेन सरकारको १०० दिन : कुन कानून फेरिए ? के-के संशोधन भए ?

बालेन सरकारको १०० दिन : कुन कानून फेरिए ? के-के संशोधन भए ?

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले सय दिन पार गरेको छ । सरकारको १००...

लामो समयदेखि अनुपस्थित नार्कका २ कर्मचारी बर्खास्त

लामो समयदेखि अनुपस्थित नार्कका २ कर्मचारी बर्खास्त

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मातहतको नेपाल कृषि अनुसन्धान परिषद् ‍(नार्क) का दुई...

जेनजी आन्दोलनका सबै फौजदारी मुद्दाको पेशी स्थगित गर्न सरकारी वकिललाई महान्यायाधिवक्ताको निर्देशन

जेनजी आन्दोलनका सबै फौजदारी मुद्दाको पेशी स्थगित गर्न सरकारी वकिललाई महान्यायाधिवक्ताको निर्देशन

काठमाडौँ । जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा विभिन्न अदालतमा दायर भएका फौजदारी मुद्दाको सुनुवाइ तत्काल...

प्रतिनिधिसभाबाट सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक पारित

प्रतिनिधिसभाबाट सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक पारित

काठमाडौँ । सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित भएको...