बन्दीपुर सब–डिभिजन वन कार्यालय प्रमुख १२ हजार घुससहित अख्तियारको ‘ट्रयाप’मा

जस नेपाल

२४ असार २०८३

बन्दीपुर सब–डिभिजन वन कार्यालय प्रमुख १२ हजार घुससहित अख्तियारको ‘ट्रयाप’मा

काठमाडौँ । सेवाग्राहीसँग घुस लिएको आरोपमा सिरहाको सब–डिभिजन वन कार्यालय बन्दीपुरका कार्यालय प्रमुख रामकेवल राय यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएकाे छ ।

उद्योगका लागि ल्याइएको काठ सिलबन्दीअनुसार भए–नभएको जाँच गरी आवश्यक कागजातसहितको फाइल फिर्ता गर्ने प्रक्रियामा अनावश्यक दुःख हैरानी दिँदै रकम मागेको भन्ने उजुरीपछि अख्तियारले निगरानी थालेको थियो ।

त्यसक्रममा अख्तियारको बर्दिवास कार्यालयबाट खटिएको टोलीले यादवलाई सेवाग्राहीबाट १२ हजार रुपैयाँ लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ । उनीसँग स्रोत खुलाउन नसकेको थप एक लाख ३३ हजार १२० रुपैयाँसमेत फेला परेपछि कुल एक लाख ४५ हजार १२० रुपैयाँ बरामद गरिएको आयोगले जनाएको छ ।

कारबाहीका क्रममा एक थान मोबाइल फोन पनि बरामद भएको छ । यादवलाई असार २३ गते सिरहाको कर्जन्हा नगरपालिका–४ स्थित मिर्चौयादेखि बन्दीपुर जाने महेन्द्र राजमार्ग क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।

अख्तियारले घटनाबारे अदालतबाट आवश्यक अनुमति लिएर थप अनुसन्धान अघि बढाउने जनाएको छ ।

हेर्नुहाेस् प्रेस विज्ञप्ति :

सम्बन्धित खवर

न्याय सम्पादनमा बार र बेञ्चको महत्त्वपूर्ण भूमिका हुन्छ : प्रधानन्यायाधीश शर्मा

न्याय सम्पादनमा बार र बेञ्चको महत्त्वपूर्ण भूमिका हुन्छ : प्रधानन्यायाधीश शर्मा

दमौली (तनहुँ) । प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले न्याय सम्पादनमा बार र बेञ्चको महत्त्वपूर्ण भूमिका...

‘हरिप्रसाद प्रधान नेपालको पहिलो प्रधान न्यायाधीश होइनन्’

‘हरिप्रसाद प्रधान नेपालको पहिलो प्रधान न्यायाधीश होइनन्’

काठमाडौँ । नेपालको पहिलो प्रधान न्यायाधीश को हो ? कानूनका विद्यार्थीबाट तुरुन्तै जवाफ आउँछ-...

चिनियाँ कम्पनीको मुद्दामा सर्वोच्चको आदेश : एक पालिकाबाट अर्कोमा निर्माण सामग्री ढुवानी गर्दा कर नलिनू (पूर्णपाठसहित)

चिनियाँ कम्पनीको मुद्दामा सर्वोच्चको आदेश : एक पालिकाबाट अर्कोमा निर्माण सामग्री ढुवानी गर्दा कर नलिनू (पूर्णपाठसहित)

काठमाडौँ । सर्वोच्च अदालतले मुग्लिङ-पोखरा सडक स्तरोन्नति आयोजनामा संलग्न चिनियाँ निर्माण कम्पनीबाट शुक्लागण्डकी नगरपालिकाले...

कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवाले दायर गरे सर्वोच्चमा रिट

कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवाले दायर गरे सर्वोच्चमा रिट

काठमाडौँ । सर्वोच्च अदालतमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न आदेशको माग गर्दै रिट निवेदन...