रुपन्देहीमा करिव २३ लाख बराबारको अवैध सामान बरामद

२४ कार्तिक २०८२

रुपन्देहीमा करिव २३ लाख बराबारको अवैध सामान बरामद

रुपन्देही । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दुई दिनमा झण्डै २३ लाख बराबरको अवैध सामान बरामद गरेको छ । गत कात्तिक २१ र २२ गते जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा अवैधरुपमा भन्सार छली, चोरी पैठारी गरिएको अन्दाजी रु २२ लाख ८८ हजार २२८ बराबरको सामान नियन्त्रणमा लिइएको रुपन्देही प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएका सामान आइतबार आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया, रुपन्देही पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

उनका अनुसार जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले रोहिणी गाउँपालिका–२ स्थित मैनिहवाबाट ऊलन लेडिज कुर्ता, बच्चाको मोजा, टोपी, टाउजर सेट, हुडी, जेन्स मोजा गरी एक लाख २५ हजार ८ सय बराबरको सामान बरामद गरेको छ ।

त्यस्तै इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले तिलोत्तमा नगरपालिका–३ स्थित शङ्करनगरबााट भारतीय नम्बर प्लेट कारको पछाडी सिटमुनी लुकाइछिपाइ बिलबिजक नभएको सामान बरामद गरेको छ । सामान र कारसहित गरी १८ लाख ४० हजार २२८ बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उक्त कारबाट ल्यापटपको चार्जर झोला, पहेँलो रगको धातुबाट बनेको जस्तो देखिने गाई आकारको मूर्ति, मदिराका बोतल, विभिन्न कम्पनीका मोबाइलको डिस्प्ले र डिस्प्लेका प्याकेट र गमको प्याकेटहरु बरामद गरेको छ ।

त्यसैगरी प्रहरी चौकी शिवपुर गोनाहा र प्रहरी चौकी मर्यादपुरबाट खटिएको संयुक्त टोलीले मायादेवी गाउँपालिका–५ स्थित गोनाहाबाट लु २२ प १२५७ नम्बरको मोटरसाइकल, उलन लेडिज सुट, उनि सल, काँचो कपडा, लेडिज बाक्लो उलन सुट, काँचो कपडा गरी रु तीन लाख २२ हजार २०० बराबरको सामान बरामद गरेको छ ।

सम्बन्धित खवर

ट्राफिक चेकिङबाट चार लाख ९१ हजार राजस्व सङ्कलन, मापसे गरेका १५१ सवारी चालक कारबाहीमा

ट्राफिक चेकिङबाट चार लाख ९१ हजार राजस्व सङ्कलन, मापसे गरेका १५१ सवारी चालक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार २५६ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका...

भरतपुर कारागारका ५० जना कैदीमा ‘भाइरल’ ज्वरो

भरतपुर कारागारका ५० जना कैदीमा ‘भाइरल’ ज्वरो

चितवन । भरतपुर कारागारका ५० जना कैदी भाइरल ज्वरोबाट पीडित भएका छन् । जिल्ला...

गैरकानुनी रुपमा विदेश पठाएको अभियोगमा छ जना पक्राउ

गैरकानुनी रुपमा विदेश पठाएको अभियोगमा छ जना पक्राउ

काठमाडौँ । गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा छ जना पक्राउ परेका छन् ।...

कोशीमा बालविवाहका ३८ उजुरी दर्ता, मोरङमा सबैभन्दा बढी

कोशीमा बालविवाहका ३८ उजुरी दर्ता, मोरङमा सबैभन्दा बढी

झापा । कोशी प्रदेशमा चालु आर्थिक वर्षको १० महिनामा बालहेल्पलाइन सेवामा ३८, बालविवाहसम्बन्धी उजुरी...