खरिद ऐनमा टेक्दै कुलमानले तोडे सिँचाइका २२ ठेक्का

१ पुष २०८२

खरिद ऐनमा टेक्दै कुलमानले तोडे सिँचाइका २२ ठेक्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङको निर्देशनमा विभागीय मन्त्रालयले सिँचाइ आयोजनाको २२ ठेक्का सम्झौता तोडेको छ ।

करसहित १४ अर्ब २३ करोड रुपैयाँ बराबरको ठेक्का तोड्दा मन्त्रालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ का प्रावधानलाई आधार बनाएको दाबी गरेको छ ।

जेन-जी विद्रोहपछि गठित वर्तमान सरकारमा तीन विकासे मन्त्रालयको नेतृत्व गरेका घिसिङले ‘ठेक्का लिने, तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि’ भन्दै रुग्ण ठेक्का तोड्न मातहत निकायलाई निर्देशन दिएका थिए । घिसिङको निर्देशनपछि कार्यालयलहरुले वर्षौंदेखि समस्याग्रस्त रहेको भनिएका ठेक्का तोड्न थालेका छन्‌ ।

पछिल्लोपटक बबई सिँचाइ आयोजनाका ६, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना जनकपुरधाम, धनुषा अन्तर्गतका १५ र सुनकोशी मरिनको एक गरी २२ वटा रुग्ण ठेक्का तोडिएको मन्त्रालयले जानकारी दिएको छ ।

भेरी बबईको ठेक्का सम्झौता एक करोड ७६ लाख रुपैयाँमा भएको थियो । जनकपुरधाम कार्यालय अन्तर्गत पनि १३ करोड १७ लाख रुपैयाँ बराबरको ठेक्का तोडिएको छ ।

जलस्रोत तथा सिँचाइ विभाग अन्तर्गत लागेका चालु अवस्थाका २१५ मध्ये ३३ ठेक्का समस्याग्रस्त रहेको मन्त्रालयको दाबी छ । यी मध्ये अहिलेसम्म २२ वटा ठेक्का तोडिएको विभागका महानिर्देशक मित्र बरालले बताए ।
मन्त्रालयले सिँचाइतर्फको सबैभन्दा ठूलो राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का पनि तोडेको छ ।

यो आयोजना बनाउन निर्माण व्यवसायी पटेल—रमण जेभी, जनकपुर—९ धनुषासँग सम्झौता भएको थियो । १४ अर्ब आठ करोड रुपैयाँमा सम्झौता भए पनि खरिद ऐन बमोजिम समयमै निर्माण नभएपछि तोडिएको सरकारी पक्षले जनाएको छ । ठेक्का तोडिएकोबारे निर्माण कम्पनीले भने हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

यो पनि –

कुलमानको ठेक्का तोड्ने अभियान : कानून र नैतिकता

सम्बन्धित खवर

रवि लामिछाने तारिख बुझ्न काठमाडौँ जिल्ला अदालतमा हाजिर

रवि लामिछाने तारिख बुझ्न काठमाडौँ जिल्ला अदालतमा हाजिर

काठमाडौँ । रवि लामिछाने मंगलबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी...

तलब कटौती गर्न खोजेको भन्दै निर्वाचन प्रहरीले घेरे हुम्ला प्रशासन

तलब कटौती गर्न खोजेको भन्दै निर्वाचन प्रहरीले घेरे हुम्ला प्रशासन

हुम्ला । तोकिएभन्दा कम तलब दिन लागेको भन्दै निर्वाचन (म्यादी) प्रहरीले जिल्ला प्रशासन कार्यालय, हुम्लामा...

भोजपुरको कारागार र विमानस्थल सुरक्षामा नेपाली सेना परिचालन

भोजपुरको कारागार र विमानस्थल सुरक्षामा नेपाली सेना परिचालन

भोजपुर । आसन्न निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नेपाली सेनाले भोजपुरको कारागार र विमानस्थल...

निर्वाचन नजिकिएसँगै सुदूरपश्चिमका ७ जिल्ला कारागारमा सेना परिचालन

निर्वाचन नजिकिएसँगै सुदूरपश्चिमका ७ जिल्ला कारागारमा सेना परिचालन

महेन्द्रनगर । आसन्न निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नेपाली सेनाले सुदूरपश्चिम प्रदेशका सात जिल्लाको...