मधेश प्रदेशसभाले आज नयाँ सभामुख छान्दै, किन पदमुक्त भएका थिए मण्डल ?

६ पुष २०८२

मधेश प्रदेशसभाले आज नयाँ सभामुख छान्दै, किन पदमुक्त भएका थिए मण्डल ?

काठमाडौँ । मधेश प्रदेशसभाले आज नयाँ सभामुख चयन गर्दैछ । प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम ७ बमोजिम शनिबारदेखि सुरु भएको सभामुख पदको निर्वाचन कार्यक्रमले आज आइतबार पूर्णता पाउँदैछ ।

यसअघि धनुषा निर्वाचन क्षेत्र १(२) बाट चुनाव जितेका रामचन्द्र मण्डल सभामुख थिए । नेकपा (एमाले) का तर्फबाट प्रदेशसभा सदस्य मण्डलविरुद्ध पदअनुकूल आचरण नगरेको भन्दै कात्तिक २७ मा अविश्वास प्रस्ताव दर्ता भएको थियो ।

मङ्सिर ४ गते भएको मतदानमा उक्त प्रस्तावको पक्षमा दुईतिहाइ भन्दा बढी अर्थात्‌ ७६ मत परेपछि मण्डललाई उपसभामुख बबिता राउत इसरले नेपालको संविधानको धारा १८२ उपधारा ६ खण्ड ‘ग’ र प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५ को नियम १८२ को उपनियम ४ बमोजिम स्वतः पदमुक्त भएको घोषणा गरेकी थिइन्‌ ।

प्रदेशसभामा प्रतिनिधित्व गरिरहेका (एमाले बाहेकका) सात दलले पूर्वसभामुख मण्डलविरुद्ध तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने क्रममा तटस्थ भूमिका नखेलेको जनाउँदै अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।

जेन-जी विद्रोहपछि सत्ताच्यूत भएर रक्षात्मक बनेको एमालेले प्रदेश सरकारहरूमार्फत्‌ आफ्नो सक्रियता देखाउन खोजेको थियो । त्यस क्रममा एमाले कोटाबाटै प्रदेश प्रमुख नियुक्त सुमित्रा सुवेदी भण्डारीले कात्तिक २४ गते बर्दीबास नजिकको पानस होटलमा एमालेकै प्रदेशसभा सदस्य सरोजकुमार यादवलाई मुख्यमन्त्री पदको शपथ खुवाएकी थिइन्‌ ।

प्रदेशसभा र सरकारलाई दलीय स्वार्थको कोपभाजनमा पारेपछि सोही दिन बसेको सङ्घीय मन्त्रीपरिषद्‌ बैठकले प्रदेशप्रमुख सुवेदीलाई पदमुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । प्रदेशमा भएको त्यो तनावपछि सभामुख मण्डलविरुद्ध पनि अविश्वास प्रस्ताव दर्ता भएको थियो ।

नयाँ सभामुख चयन गर्न प्रदेशसभामा हिजो शनिबार नै प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम ७ को उपनियम (२) बमोजिम प्रस्ताव तथा समर्थनको सूचना दर्ता भइसकेको छ । त्यस्तै; प्रदेश सभा सचिवालयले निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारीको सूचनाको दर्ता क्रमानुसार सूची प्रकाशन पनि गरिसकेको छ ।

सभामुख पदमा सात दलीय गठबन्धनबाट जसपा नेपालका रामआशिष यादव र एमालेका तर्फबाट त्रिलोकी प्रसादको उम्मेदवारी परेको छ । आज दिनको १ बजे प्रदेशसभाको बैठकमा ‘सभामुख पदमा निर्वाचित गरियोस्‌’ भनी दुवै उम्मेदवारका प्रस्तावकले प्रस्ताव गर्नेछन्‌ । त्यसपछि उम्मेदवारीको सूचनामाथि सामूहिक छलफल हुनेछ । त्यसपछि दर्ता क्रमअनुसार निर्णयार्थ प्रस्तुत गरिने सचिवालयले जानकारी दिएको छ ।

सम्बन्धित खवर

पूर्वन्यायाधीश प्रधानको निधनप्रति सर्वोच्चद्वारा शोक व्यक्त

पूर्वन्यायाधीश प्रधानको निधनप्रति सर्वोच्चद्वारा शोक व्यक्त

काठमाडौँ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरिगोविन्द सिंह प्रधानको निधनप्रति सर्वोच्च अदालतले शोक प्रकट गरेको...

जब एयरपोर्टको मेसिनले गरम मसला र लागूऔषध छुट्याउन सकेन…

जब एयरपोर्टको मेसिनले गरम मसला र लागूऔषध छुट्याउन सकेन…

एयरपोर्टको सेक्युरिटी मेसिनले गरम मसला र लागूऔषध छुट्याउन नसक्दा भारतमा एक व्यक्तिले ५७ दिन...

नयाँ वकीलकाे ‘तालिम’ जेठ १६ देखि हुने

नयाँ वकीलकाे ‘तालिम’ जेठ १६ देखि हुने

काठमाडौँ । कानूनमा स्नातक उत्तीर्ण गरी अधिवक्ताको परीक्षा उत्तीर्ण गरेका नयाँ कानून व्यवसायीलाई नेपाल...

प्रहरीले अनुसन्धान रोक्दा रुबीले सरकारलाई झुकाइन्‌, पाँचबुँदे सहमति

प्रहरीले अनुसन्धान रोक्दा रुबीले सरकारलाई झुकाइन्‌, पाँचबुँदे सहमति

काठमाडौँ । अपहरणपछि हत्या भएको भनिएको बाँकेकी निर्मला कुर्मी प्रकरणमा न्याय माग्दै अनसन बसेकी...