एन्डोरामा रोजगारीमा पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ

१७ पुष २०८२

एन्डोरामा रोजगारीमा पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि युरोपेली मुलुक एन्डोरामा पठाइदिने प्रलोभन देखाई लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले बुधबार जारी गरेको विज्ञप्तिअनुसार पक्राउ पर्नेमा उदयपुर घर भई काठमाडौं बस्दै आएका विश्व ठकुरी भन्ने २६ वर्षीय विश्व विक्रम सेन, उदयपुरका ४४ वर्षीय अर्जुन कुमार निरौला र काठमाडौंका ४५ वर्षीय गोपाल भन्ने प्रेम श्रेष्ठ रहेका छन्।

प्रहरीका अनुसार ती व्यक्तिहरूले आकर्षक तलबको प्रलोभनमा पारेर एन्डोरामा रोजगारी दिलाइदिने भन्दै प्रतिव्यक्ति १२ देखि १६ लाख रुपैयाँसम्म रकम असुली गरेका थिए। तर, उनीहरूले पीडितहरूलाई नक्कली हवाई टिकट, नक्कली भिसा तथा अन्य कागजात देखाई विश्वास दिलाएको अनुसन्धानबाट खुलेको छ।

विज्ञप्तिअनुसार २०८१ साउन १५ गते साँझ करिब ७ बजे काठमाडौंबाट कतार एयरवेजमार्फत विदेश जान लागेका केही व्यक्ती लाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको थियो। उनीहरूको कागजात जाँच गर्दा हवाई टिकट, भिसा तथा अन्य आवश्यक कागजात नक्कली रहेको पुष्टि भएको हो।

प्रहरी अनुसन्धानमा ती व्यक्तिहरूले पीडितहरूबाट असुल गरेको रकम आफ्नै प्रयोजनमा खर्च गरेको समेत खुल्न आएको छ। पक्राउ परेका व्यक्तिहरूमाथि ठगीसम्बन्धी कसुरमा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीले यस्तै प्रकृतिको ठगीमा परेका अन्य पीडितहलाईसमेत आवश्यक प्रमाणसहित जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाडौंमा सम्पर्क गर्न आग्रह गरेको छ।

सम्बन्धित खवर

भरतपुर कारागारका ५० जना कैदीमा ‘भाइरल’ ज्वरो

भरतपुर कारागारका ५० जना कैदीमा ‘भाइरल’ ज्वरो

चितवन । भरतपुर कारागारका ५० जना कैदी भाइरल ज्वरोबाट पीडित भएका छन् । जिल्ला...

गैरकानुनी रुपमा विदेश पठाएको अभियोगमा छ जना पक्राउ

गैरकानुनी रुपमा विदेश पठाएको अभियोगमा छ जना पक्राउ

काठमाडौँ । गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा छ जना पक्राउ परेका छन् ।...

कोशीमा बालविवाहका ३८ उजुरी दर्ता, मोरङमा सबैभन्दा बढी

कोशीमा बालविवाहका ३८ उजुरी दर्ता, मोरङमा सबैभन्दा बढी

झापा । कोशी प्रदेशमा चालु आर्थिक वर्षको १० महिनामा बालहेल्पलाइन सेवामा ३८, बालविवाहसम्बन्धी उजुरी...

अवैध जडीबुटीसहित पक्राउ परेका पाँच जना दुई लाख तिरेर रिहा

अवैध जडीबुटीसहित पक्राउ परेका पाँच जना दुई लाख तिरेर रिहा

भोजपुर । जिल्ला प्रहरी कार्यालयले अवैध जडीबुटीसहित पक्राउ परेका पाँच जनालाई दुई लाख जरिवाना...