रवि लामिछानेको मुद्दा फेरि हेर्दाहेर्दैमा !

जस नेपाल

९ चैत २०८२

रवि लामिछानेको मुद्दा फेरि हेर्दाहेर्दैमा !

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा फिर्ता सम्बन्धी रिटमाथिको सुनुवाई आज (सोमबार) पनि सकिएन । न्यायाधीशद्वय विनोद शर्मा र अव्दुल अजीज मुसलमानको बेञ्चमा परेको यो रिट आज पनि हेर्दाहेर्दैमा परेको छ ।

फागुन २७ गते न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको बेञ्चले पूर्ण सुनुवाईको निम्ति पेश गर्न आदेश दिएको यो रिट पाँचौँपटक हेर्दाहेर्दैमा परेको हो ।

फागुन २७ को आदेशबमोजिम चैत १, २, ३ र ५ गते चार दिनसम्म हेर्दाहेर्दैमा राखेर नियमित सुनुवाई गरिएको थियो । न्यायाधीशद्वय शारंगा सुवेदी र सुनिल कुमार पोखरेलको बेञ्चले चार दिन नियमित सुनुवाई गरेको थियो ।

चैत ५ गतेको आदेशमा रवि लामिछानेसँगै जीवी राई समेतको मुद्दा फिर्ता सम्बन्धी निर्णय पेश गर्न महान्यायाधिवक्ता कार्यालयलाई भनिएको थियो ।

चैत ५ गतेको आदेशबमोजिम आज (चैत ९ गते) न्यायाधीशद्वय विनोद शर्मा र अव्दुल अजीज मुसलमानको इजलासमा रिटमाथि थप सुनुवाई भएको थियो ।

तर, सोमबारको सुनुवाईपछि पनि अदालतले कुनै आदेश दिएन । आज पनि मुद्दा हेर्दार्दैमा राखिएको छ ।

महान्यायाधिवक्ता कार्यालयले रास्वपा सभापति रवि लामिछाने र फरार रहेका अभियुक्त जीबी राईसमेतविरुद्ध विभिन्न जिल्ला अदालतमा विचाराधीन संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोजन फिर्ता लिने निर्णय गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट परेको हो ।

यो पनि-

रविसँगै जीबी राई पनि सर्वोच्च अदालतमा तानिए !

सम्बन्धित खवर

कानूनका विद्यार्थीलाई खुशीको खबर ! एलएल.बी.मा ३८०० कोटा थपियो

कानूनका विद्यार्थीलाई खुशीको खबर ! एलएल.बी.मा ३८०० कोटा थपियो

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा कोटा कम भएका कारण कानून पढ्न चाहनेहरुले पढाइबाट बञ्चित रहँदै...

शरणार्थी नीतिमा नेपालको अन्योल : ६ दशकसम्म कानूनबिनै पाहुना पाल्दै

शरणार्थी नीतिमा नेपालको अन्योल : ६ दशकसम्म कानूनबिनै पाहुना पाल्दै

काठमाडौँ । नेपालले तिब्बतीदेखि भूटानीसम्मका हजारौँ शरणार्थीलाई दशकौँदेखि आश्रय दिँदै अन्तर्राष्ट्रिय स्तरमा मानवीय छवि...

मन्त्रीको सम्पत्ति :  कृषिमन्त्रीसँग २ बाख्रा र १० कुखुरा, महिला मन्त्रीसँग एउटा कुकुर !

मन्त्रीको सम्पत्ति : कृषिमन्त्रीसँग २ बाख्रा र १० कुखुरा, महिला मन्त्रीसँग एउटा कुकुर !

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह र सबै मन्त्रीहरुको सम्पत्ति विवरण आइतबार सार्वजनिक भएको छ...

प्रधानन्यायाधीशको नियुक्ति : सपना प्रधानको विकल्प खोज्न मिल्छ ?

प्रधानन्यायाधीशको नियुक्ति : सपना प्रधानको विकल्प खोज्न मिल्छ ?

काठमाडौँ । सर्वोच्च अदालतमा अहिले प्रधानन्यायाधीशको पद रिक्त अवस्थामा छ । चैत १८ गतेदेखि...