राष्ट्रपतिको सम्वोधन : विधि र परम्परा तलमाथि हुँदा समाज भयभीत हुन थाल्छ

जस नेपाल

२६ वैशाख २०८३

राष्ट्रपतिको सम्वोधन : विधि र परम्परा तलमाथि हुँदा समाज भयभीत हुन थाल्छ

राष्ट्रपति रामचन्द्र पौडेलले विधिद्वारा स्थापित पद्यति र परम्परालाई तलमाथि पार्न नहुने बताएका छन् ।

सर्वोच्च अदालतद्वारा शनिबार आयोजित कानून दिवशमा प्रमुख अतिथिका रुपमा सम्वोधन गर्दै राष्ट्रपति पौडेलले भने, ‘विधिद्वारा स्थापित पद्धति र परम्पराको पालना तथा कार्यान्वयनमा तलमाथि हुन थाल्यो भने त्यसको प्रतिकूल प्रभावले मानव समाज भयभीत हुन थाल्छ भन्ने पनि हामीले बिर्सनु हुन्न।’

संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका एवं कानुनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य मान्यताप्रति प्रतिबद्ध प्रणालीको व्यवस्था गरेको राष्ट्रपति पौडेलले स्मरणसमेत गराए ।

कानून  दिवसका अवसरमा राष्‍ट्रपतिबाट व्यक्त संक्षिप्त शुभकामना सन्देश जस्ताको त्यस्तै-

कानून दिवसको उपलक्ष्यमा यस बौद्धिक समारोहमा उपस्थित यहाँहरु लगायत सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

सबै प्रकारको राज्यशक्तिको स्रोत नै कार्यकारिणी रहेको तत्कालीन अवस्थामा यो ऐन लागू भएपछि व्यावहारिक रुपमै शक्ति पृथकीकरण र स्वतन्त्र न्यायपालिकाको अवधारणा अनुरुप न्याय सम्पादनको कार्यको थालनी भएको हुँदा न्याय र कानून जगतमा यो दिनको विशेष महत्व छ।

वर्तमान नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका एवं कानुनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य मान्यता प्रति प्रतिबद्ध प्रणालीको व्यवस्था गरेको छ।

कानून दोषीका लागि भय र निर्दोषका लागि आशा, भरोसा र साहारा हुनुपर्दछ। विधिद्वारा स्थापित पद्धति र परम्पराको पालना तथा कार्यान्वयनमा तलमाथि हुन थाल्यो भने त्यसको प्रतिकूल प्रभावले मानव समाज भयभीत हुन थाल्छ भन्ने पनि हामीले बिर्सनु हुन्न।

त्यसैले सुशासन, अमन, शान्ति, समृद्धि र मर्यादाका लागि विधि र थिति औजार तथा उपचार दुवै हुन् भनेर सम्झने र बुझ्ने पुनीत दिनलाई नै कानून दिवसको रुपमा मनाइन्छ। कानून दिवसको यही मर्मलाई आत्मसात् गर्न सके मात्र आत्मनिर्भर र समृद्ध नेपालको कल्पना गर्न सकिन्छ।

अन्त्यमा नेपालको संविधानको मर्म एवं वर्तमान आवश्यकता अनुरुप नयाँ कानूनको निर्माण र प्रचलित कानूनमा समसामयिक सुधार गरी आधुनिक पद्धति र प्रविधि समेतको प्रयोगबाट आम नागरिकको न्यायमा सहज पहुँच स्थापित गर्ने, मुद्दाको शीघ्र व्यवस्थापन मार्फत छिटो छरितो न्याय सम्पादन गर्ने, विधिको शासन कायम गर्ने तथा न्यायिक मूल्य मान्यतामा क्षयीकरण हुन नदिई न्यायपालिकाको जनआस्था अभिवृद्धि गर्ने सुनिश्चितताका लागि यो कानून दिवसले सबैमा सकारात्मक सोच, हौसला र प्रेरणा प्रदान गर्न सकोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु।

भिडियाे :

सम्बन्धित खवर

संविधान संशोधन : असिम शाहको कार्यदलले कसरी अघि बढाउँदैछ प्रक्रिया ?

संविधान संशोधन : असिम शाहको कार्यदलले कसरी अघि बढाउँदैछ प्रक्रिया ?

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन शाह) का राजनीतिक सल्लाहकार तथा राष्ट्रिय स्वतन्त्र पार्टीका...

संविधानको मूल संरचना अक्षुण्ण राखेर मात्र संविधान संशोधन गर्न पूर्वप्रधानन्यायाधीशको सुझाव

संविधानको मूल संरचना अक्षुण्ण राखेर मात्र संविधान संशोधन गर्न पूर्वप्रधानन्यायाधीशको सुझाव

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा यसको मूल मर्म,...

प्रत्येक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीले संसद्लाई जवाफ दिनुपर्ने त्यो नियम…

प्रत्येक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीले संसद्लाई जवाफ दिनुपर्ने त्यो नियम…

काठमाडौँ । प्रतिनिधि सभा नियमावली २०८३ अनुसार प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्री संसद्‌मा उपस्थित...

संविधान संशोधन कार्यदलले विगतका सम्झौता अध्ययन गर्ने

संविधान संशोधन कार्यदलले विगतका सम्झौता अध्ययन गर्ने

काठमाडौँ । सरकारद्वारा संविधान संशोधनसम्बन्धी बहस पत्र तयार गर्न गठित कार्यदलले विगतमा सरकार र...