अदालतलाई ११ बुँदामा चलाउँदै असिम कार्यदल, प्रतिस्पर्धाबाटै न्यायाधीश छान्ने एजेन्डा

जस नेपाल

१ जेठ २०८३

अदालतलाई ११ बुँदामा चलाउँदै असिम कार्यदल, प्रतिस्पर्धाबाटै न्यायाधीश छान्ने एजेन्डा

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाह ‘संविधान संशोधन बहसपत्र तयार पार्ने कार्यदलका–२०८२’ का समेत संयोजक हुन् । उनी नेतृत्वको कार्यदलले संविधानको पुनर्लेखन नै गर्ने गरी छलफल अगाडि बढाइरहेको छ । जसमा न्यायपालिकाका अधिकारहरुलाई संशोधन गर्नका लागि ११ वटा बुँदामा सुझाव मागिएको छ ।

शाह नेतृत्वको कार्यदलमा नेकपाका देव गुरुङ, एमालेका भीष्म अधिकारीदेखि लिएर संसदमा प्रतिनिधित्व गर्ने प्रायः सबै दलका प्रतिनिधिहरु सहभागी छन् । कार्यदलले दिनहूँजसो सिंहदबारमा विभिन्न सरोकारवालाहरुलाई बोलाएर मासुभात खुवाउँदै संविधान संशोधनबारे बुँदागत छलफल गर्दै आएको छ ।

छलफलका क्रममा सहभागीहरुलाई ‘संविधान संशोधनका लागि छलफलका विषय’ शीर्षकमा विभिन्न बुँदाहरु देखाउने गरिएको छ । तिनै बुँदामा आफ्नो सुझाव लेखेर समेत दिन कार्यदलले आग्रह गर्ने गरेको छ । तर, सिंहदरबारमा छलफलमा जानेहरुलाई भने समयको अभाव भएको भन्दै ३ देखि ५ मिनेट मात्रै बोल्न दिने गरिएको छ ।

छलफलमा सहभागी हुन निम्त्याइएका विज्ञ एवं सरोकारवालाहरुको मोबाइल फोनसमेत प्रहरी र कार्यदलका कर्मचारीहरुले लकरमा थन्क्याएर मात्रै बैठकमा उपस्थित गराउने गरेका छन् । कार्यदलको सम्पूर्ण गतिविधि गोप्य रहने कर्मचारीले बताउने गरेका छन् ।

गत बैशाख २८ गते सम्पादकहरुलाई संविधान संशोधनबारे सुझाव लिने भन्दै सिंहदरबारमा बोलाएर व्यक्तिगत फोन लकरमा राख्न लगाइएको थियो । तर, सम्पादकहरुले ‘डिजिटल सरकार’को कार्यशैलीमा प्रश्न उठाएपछि फोन साथैमा राख्न दिइएको थियो ।

न्यायपालिकाबारे छलफलका ११ बुँदा

न्यायपालिकाको सन्दर्भमा संविधान संशोधन गरिनुपर्ने भन्दै ११ वटा बुँदामा सुझाव माग्ने गरिएको छ ।

‘स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका बनाउन गरिनु पर्ने सुधारहरु’ पहिलो बुँदामा उल्लेख छ भने दोस्रो बुँदामा प्रधान न्यायाधीश, सर्बोच्च अदालतको न्यायाधीश, उच्च अदालतको न्यायाधीश र जिल्ला अदालतको न्यायाधीशको नियुक्ति, योग्यता, पदावधि, उमेर हद, उच्च नैतिक चरित्र, आचरण, अनुशासन वा यसै प्रकृतिका विषय’ उल्लेख गरिएको छ ।

त्यस्तै, ‘अदालतकैतर्फबाट गठन भएका विभिन्न प्रतिवेदनहरुले उठान गरेका न्यायपालिकामा हुने विकृति, विसंगति विचौलियाहरुको नियन्त्रण गर्ने विषय’ मा पनि कार्यदलले सुझाव माग्ने गरेको छ ।

न्यायपालिकामा हुन सक्ने राजनीतिक हस्तक्षेप अन्त्य गर्न र सबै तहका न्यायाधीशको पुर्ननियुक्ति गर्ने विषयमा पनि कार्यदलले सुझाव मागेको छ ।

त्यसैगरी, न्याय परिषदको संचनागत सुधार, न्याय परिषदमा कानून मन्त्रीको उपस्थिति, प्रधानमन्त्रीको सिफारिसमा नियुक्त कानूनविद र नेपाल बार एसोसिएशनको प्रतिनिधिको उपस्थिति रहने वा नरहने विषयमा पनि कार्यदलले सुझाव मागेको छ ।

संवैधानिक परिषदमा प्रधान न्यायाधीश सदस्य हुन मिल्छ कि मिल्दैन भन्ने विषयमा पनि कार्यदले सुझाव मागेको छ ।

‘प्रतिस्पर्धात्मक विधिबाट न्यायाधीश नियुक्ति गर्ने’ सम्बन्धी विषय र विधिका बारेमा पनि सुझाव मागिएको छ ।

न्यायाधीश नियुक्तिमा नेपाल न्याय सेवामा कार्यरत अधिकृत कर्मचारीको वृत्ति विकास र कानून व्यवसायीको नियुक्तिमा सन्तुलन कायम गर्ने विषयमा पनि कार्यदलले सुझाव मागेको छ ।

संवैधानिक इजलासको आवश्यकता र औचित्यसम्बन्धी विषयलाई पनि छलफलको विषय बनाइएको छ ।

साथै, सर्वोच्च अदालतमा मुद्दाको चाप घटाउन उच्च अदालतलाई अधिकार थप गर्नेसम्बन्धी विषयमा पनि सुझाव मागिएको छ ।

छलफलको विषयको ११ औं नम्बरमा ‘सन्दर्भ अनुसारका अन्य विषय’ भनिएको छ ।

हेर्नुहोस् न्यायपालिकाबारे कायर्दलको छलफलको सूची-

यसैवीच, शुक्रबार संविधान संशोधनबारे छलफलका लागि सिंहदरबारमा निम्त्याइएका जेनजी अभियन्ताहरुले भने विज्ञप्ति जारी गर्दै कार्यदलको छलफल बहिस्कार गर्ने निर्णय गरेका छन् ।

शुक्रबार संयुक्त वक्तव्य जारी गर्दै अभियानकर्ताहरूले संविधान संशोधन आवश्यक विषय भए पनि त्यसका लागि सरकारले विश्वसनीय वातावरण निर्माण गर्नुपर्ने बताएका हुन् । उनीहरूले विगतमा भएका सहमति कार्यान्वयनमा सरकार गम्भीर नदेखिएको गुनासो समेत गरेका छन् ।

यो पनि-

संविधान संशोधन छलफल बहिष्कार गर्ने जेन-जी अभियानकर्ताको घोषणा 

 

सम्बन्धित खवर

कानुनी विवाहको उमेर २० वर्ष कायम राख्न राष्ट्रिय संवादमा एकमत

कानुनी विवाहको उमेर २० वर्ष कायम राख्न राष्ट्रिय संवादमा एकमत

काठमाडौँ ।  विवाह गर्ने विद्यमान कानुनी उमेर २० वर्ष नै कायम राख्न सरोकारवालाले जोड...

लघुवित्त पीडित अझै सडकमा ,सरकारलाई प्रतिवेदन कार्यान्वयन गर्न नेपाल बारको माग

लघुवित्त पीडित अझै सडकमा ,सरकारलाई प्रतिवेदन कार्यान्वयन गर्न नेपाल बारको माग

काठमाडौँ । विभिन्न जिल्लाबाट पैदल काठमाडौँ आएर माइतीघर मण्डला र पुलचोकमा धर्ना गरिरहेका लघुवित्त...

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्थाका पत्रकार कशोर श्रेष्ठलाई रिहा गर्न आदेश दिएको छ ।...

कानून व्यवसायी : एउटा भ्रष्ट र असभ्य शब्द

कानून व्यवसायी : एउटा भ्रष्ट र असभ्य शब्द

शीर्षकमा दिइएको विषयमा प्रवेश गर्नुभन्दा अगाडि केही पूर्वजानकारीमा जाऔं, जसले लेखको विषयवस्तु बुझाउन सजिलो...