बच्चाले काँक्रो चोरेको मुद्दा प्रधान न्यायालयमा

जस नेपाल

१७ साउन २०८३

बच्चाले काँक्रो चोरेको मुद्दा प्रधान न्यायालयमा

काठमाडौँ । छोरीले छिमेकीको काँक्रो चोरेर खाएको आरोपबाट सुरु भएको एउटा विवाद अन्ततः बाटो प्रयोग गर्न पाउने अधिकारको मुद्दा बन्दै २००९ सालमा तत्कालीन प्रधान न्यायालयसम्म पुगेको थियो ।

अभिलेख दर्ता नं. १ मा रहेको यो मुद्दामा बलबहादुर खत्री क्षेत्रीको घर-गोठतर्फ जाने बाटो रोकिएको भन्दै बाटो खुलाइदिन माग गरिएको थियो । विवादको एउटा कारण भने ७ वर्षकी बालिकाले काँक्रो चोरेर खाएको आरोप लगाउँदै बाटो रोकिएको घटना थियो ।

वादी पक्षले आफूले लामो समयदेखि प्रयोग गर्दै आएको बाटो प्रतिवादीले रोकिदिएको दाबी गरेको थियो । प्रतिवादीले भने आफ्नो आँगन हुँदै बाटो बनाउन खोजिएको र वादीका लागि अर्कै निकाससमेत रहेको जिकिर गरेका थिए ।

मुद्दा तल्लो तह हुँदै प्रधान न्यायालयसम्म पुगेपछि अदालतले वादीले पहिलेदेखि प्रयोग गर्दै आएको बाटो रोकिएको देखिएको ठहर गर्‍यो । तर प्रतिवादीको आँगनबाट बाटो बनाउन उचित नहुने भन्दै घरको उत्तरपट्टिको पेटीको किनारबाट हिँड्ने बाटो कायम हुने फैसला भयो ।

२००९ साल साउन २७ गते भएको यो फैसलाले आजभन्दा सात दशकभन्दा बढीअघि पनि छिमेकीबीचको बाटो विवाद अदालतसम्म पुग्ने गरेको एउटा रोचक न्यायिक इतिहास देखाउँछ।

सम्बन्धित खवर

रामबहादुर थापाले ‘भुत’ लाई मारेको मुद्दा !

रामबहादुर थापाले ‘भुत’ लाई मारेको मुद्दा !

मे १९५८ को एक रुमानी रातमा भारतको उडिसा राज्यमा बालासोर जिल्लाको एउटा सानो गाउँमा,...

शुक्रबार सर्वोच्चमा ३६२ मुद्दाको पेसी, ५४ मा फैसला

शुक्रबार सर्वोच्चमा ३६२ मुद्दाको पेसी, ५४ मा फैसला

काठमाडौं । सर्वोच्च अदालतमा शुक्रबार ३६२ वटा मुद्दाको पेसी तोकिएकोमा ५४ वटा मुद्दामा फैसला...

‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’ सार्वजनिक

‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’ सार्वजनिक

काठमाडौँ । अदालती पत्रकारितालाई केन्द्रित गरेर तयार गरिएको ‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’ सार्वजनिक भएको छ...

कानून आयोगको भूमिका कमजोर पार्ने संशोधन स्वीकार्य छैन : नेपाल बार एशाेसिएशन

कानून आयोगको भूमिका कमजोर पार्ने संशोधन स्वीकार्य छैन : नेपाल बार एशाेसिएशन

काठमाडौं । नेपाल बार एशाेसिएशनले नेपाल कानून आयोग ऐन, २०६३ संशोधनका लागि प्रस्तावित विधेयकप्रति...