१३ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल चलाउन रोक लगाउन माग गर्दै दिल्ली उच्च अदालतमा रिट

जस नेपाल

१७ साउन २०८३

१३ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल चलाउन रोक लगाउन माग गर्दै दिल्ली उच्च अदालतमा रिट

नयाँदिल्ली । १३ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न रोक लगाउनुपर्ने माग गर्दै भारतको दिल्ली उच्च अदालतमा जनहित याचिका ‘PIL’ दायर गरिएको

बालबालिकामा सामाजिक सञ्जालको बढ्दो लत गम्भीर चिन्ताको विषय बनेको भन्दै दायर गरिएको उक्त याचिकामा इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालय ‘MeitY’, मेटा, एक्स ‘X’, अल्फाबेट स्न्यापच्याट लगायतलाई पक्षकार बनाइएको

उक्त मुद्दा मुख्य न्यायाधीश देवेन्द्र कुमार उपाध्याय न्यायाधीश करियाको संयुक्त इजलासमा सुनुवाइका लागि आएको हो अदालतले अब यस मुद्दाको सुनुवाइ अगस्ट मा गर्ने जनाएको

तीन वर्षे बालककी आमा कीर्ति दुआ बालरोग विशेषज्ञ डा. शरद गुप्ताले उक्त जनहित याचिका दायर गरेका हुन्

याचिकामा सामाजिक सञ्जालमा गलत तथा यौनजन्य सामग्री निर्वाध रूपमा उपलब्ध हुनु संविधानको धारा २१ अन्तर्गतको जीवन तथा व्यक्तिगत स्वतन्त्रताको अधिकारको उल्लंघन भएको दाबी गरिएको साथै, बालबालिकालाई शोषणबाट जोगाउनु राज्यको दायित्व रहेको उल्लेख गर्ने धारा ३९(एफ)को समेत उल्लंघन भएको याचिकाकर्ताको दाबी

याचिकामा भारत सरकारको २०२५२६ को आर्थिक सर्वेक्षणलाई समेत उद्धृत गरिएको सर्वेक्षणमा युवामा सामाजिक सञ्जालको लत बढ्दै गएको त्यससँगै मानसिक स्वास्थ्यसम्बन्धी चिन्ता पनि बढिरहेको उल्लेख गरिएको थियो ।

याचिकाकर्ताहरूले आर्थिक सर्वेक्षणले डिजिटल लतको समस्या रोक्न केही उपाय सुझाए पनि ती स्वैच्छिक प्रकृतिका मात्र भएकाले गम्भीर समस्या समाधानका लागि अनिवार्य कानुनी व्यवस्था आवश्यक रहेको तर्क गरेका छन्

याचिकामा इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालय MeitY, महिला तथा बाल विकास मन्त्रालय, शिक्षा मन्त्रालय, स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय राष्ट्रिय बाल अधिकार संरक्षण आयोगलाई प्रतिवादी बनाइएको

त्यसैगरी, मेटा, अल्फाबेट, टेलिग्राम, स्न्याप इंक एक्सलाई पनि मुद्दामा पक्षकार बनाइएको

मागहरु यस प्रकार छन् :

१३ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने , १३ देखि १६ वर्षसम्मका बालबालिकाका लागि सामग्री नियमन गर्न किशोर प्रयोगकर्ताका लागि रातको समयमा सामाजिक सञ्जाल प्रयोगमाकर्फ्युलगाउन माग गरिएको

त्यस्तै, भारतकोडिजी यात्राप्रणालीको ढाँचामा अनिवार्य उमेर प्रमाणीकरण प्रणाली लागू गर्न तथा सूचना प्रविधि ऐन, डिजिटल व्यक्तिगत डेटा संरक्षण ऐन POCSO ऐनजस्ता विद्यमान कानुनलाई कडाइका साथ कार्यान्वयन गर्न माग गरिएको

याचिकाकर्ताहरूले सामाजिक सञ्जाल प्लेटफर्मलाई सामग्री फिल्टर गर्न तथा बालबालिकाको यौन शोषणसँग सम्बन्धित सामग्री उपलब्ध गराउने URL हरू ब्लक गर्न समेत अदालतबाट निर्देशन दिन माग गरेका छन् ।

याचिकामा अष्ट्रेलिया, क्यानडा, फ्रान्स, इन्डोनेसिया, बेलायत, डेनमार्क, ग्रीस इटालीका कानुनी व्यवस्थाको उदाहरणसमेत प्रस्तुत गरिएको छ । ती देशहरूले अनलाइन माध्यममा बालबालिकाको सुरक्षा सुनिश्चित गर्न हालै कानुन बनाएको वा कानुनको मस्यौदा तयार गरेको उल्लेख गर्दै भारतले पनि अनिवार्य कानुनी व्यवस्था बनाउँदा ती अभ्यासबाट सिक्न सक्ने याचिकामा तर्क गरिएको छ ।

याचिकामा युवामा सामाजिक सञ्जालको लत मानसिक स्वास्थ्यसम्बन्धी चिन्ता बढिरहेको देखाउने सरकारको आर्थिक सर्वेक्षणलाई पुनः उद्धृत गरिएको छ ।

समस्याको गम्भीरता देखाउन याचिकाकर्ताहरूले विदेशका केही पछिल्ला अदालतका फैसलालाई समेत आधार बनाएका छन् । यसमा न्यु मेक्सिकोमा मेटाको जवाफदेहितासम्बन्धी फैसला लस एन्जलसको एक जुरीले मेटा गुगलविरुद्धलत लगाउने डिजाइनप्रयोग गरेको विषयमा गरेको फैसला समेत समावेश छन्

 

सम्बन्धित खवर

रामबहादुर थापाले ‘भुत’ लाई मारेको मुद्दा !

रामबहादुर थापाले ‘भुत’ लाई मारेको मुद्दा !

मे १९५८ को एक रुमानी रातमा भारतको उडिसा राज्यमा बालासोर जिल्लाको एउटा सानो गाउँमा,...

व्यभिचारी पत्नीलाई भरणपोषण गर्नुपर्दैन : भारतीय सर्वोच्च अदालत

व्यभिचारी पत्नीलाई भरणपोषण गर्नुपर्दैन : भारतीय सर्वोच्च अदालत

नयाँ दिल्ली । यदि पतिले प्रारम्भिक चरणमा पत्नीको विवाहेत्तर सम्बन्ध (व्यभिचार) छ भनेर प्रमाणित...

योनीमा भाइब्रेटिङ उपकरण राख्नु बलात्कारसरह : केरला उच्च अदालत

योनीमा भाइब्रेटिङ उपकरण राख्नु बलात्कारसरह : केरला उच्च अदालत

काठमाडौँ । नाबालिकको योनीमा भाइब्रेटिङ उपकरण राखेको घटनामा भारतको केरला उच्च अदालतले महत्वपूर्ण फैसला...

२४ घण्टा २४ मिनेटसम्म आकाशमै उडिरह्यो एउटा विमान

२४ घण्टा २४ मिनेटसम्म आकाशमै उडिरह्यो एउटा विमान

काठमाडौँ । एयरबसको A350-1000ULR विमानले अष्ट्रेलियाको मेलबर्नदेखि फ्रान्सको टुलुजसम्म ननस्टप उडान भर्दै व्यावसायिक उड्डयन...