भ्रष्टाचारको अभियोगमा सामुदायिक वनका अध्यक्षविरुद्ध मुद्दा दायर

जस नेपाल

१ असार २०८३

भ्रष्टाचारको अभियोगमा सामुदायिक वनका अध्यक्षविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको भेरीगङ्गा नगरपालिकास्थित साजगोठेरी सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्षसमेत तीन जनाविरुद्ध सार्वजनिक सम्पत्तिमा हानि पुर्याएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

वन उपभोक्ता समितिका पदाधिकारीले आर्थिक वर्ष २०७८/०७९ मा रुख कटान गरी बेचविखन गर्दा रकम हिनामिना गरेको पाइएको आयोगले जनाएको छ ।

साजगोठेरी सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष लोकबहादुर महतारा, सचिव मानकुमारी पौड्याल र कोषाध्यक्ष दलबहादुर बुढाको मिलेमतोमा अनियमितता भएको जनाउँदै अध्यक्ष महतारा, सचिव पौड्याल र कोषाध्यक्ष बुढाविरुद्ध समान रु सात लाख १५ हजार नौ सय १९ बराबरको बिगो कायम गरी आयोगले मुद्दा दायर गरेको छ ।

उनीहरुविरुद्ध बिगोबमोजिम जरिवाना र कैद सजायको माग गरेको छ ।

सम्बन्धित खवर

बैंकिङ कसुरमा वडाध्यक्ष पक्राउ, मेयर भन्छन् ‘पक्राउ परेको थाह छैन’

बैंकिङ कसुरमा वडाध्यक्ष पक्राउ, मेयर भन्छन् ‘पक्राउ परेको थाह छैन’

महोत्तरी । प्रहरीले बर्दिबास नगरपालिका–९ का वडाध्यक्ष घुरन महतोलाई बैंकिङ कसुरसम्बन्धी मुद्धामा पक्राउ गरेको...

ट्रायल सेन्टरमै खुल्यो नक्कली परीक्षार्थीको पोल, अर्काको नाममा ट्रायल दिने व्यक्ती पक्राउ

ट्रायल सेन्टरमै खुल्यो नक्कली परीक्षार्थीको पोल, अर्काको नाममा ट्रायल दिने व्यक्ती पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल परीक्षामा अर्काको नाममा परिक्षा...

चिकित्सकबिनै बिरामी जाँच्ने डेन्टल क्लिनिकमाथि कारबाही हुने

चिकित्सकबिनै बिरामी जाँच्ने डेन्टल क्लिनिकमाथि कारबाही हुने

बाँके । बाँकेको नेपालगञ्ज र कोहलपुरमा सञ्चालनमा रहेका डेन्टल क्लिनिकले विशेषज्ञ चिकित्सकको प्रत्यक्ष उपस्थितिबिना...

बिमा दाबी गर्न आफ्नै पसलबाट सुनचाँदी चोरेपछि…

बिमा दाबी गर्न आफ्नै पसलबाट सुनचाँदी चोरेपछि…

बुटवल । पसलको विमा दाबी र ग्राहकले ऋण बापत धितो राखेको सुनचाँदी पचाउने उदेश्यले...