प्रहरीद्वारा करिब २० लाख बढीको अवैध ‘आइफोन’ बरामद

जस नेपाल

१६ असार २०८३

प्रहरीद्वारा करिब २० लाख बढीको अवैध ‘आइफोन’ बरामद

लुम्बिनी । रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको करिब रु २० लाख ५० हजार बराबरको ‘आइफोन’ बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय मझगावाँबाट खटिएको प्रहरी टोलीले कोटहीमाई गाउँपालिका–५ स्थित बेनिनगरमा सोमबार नेपालतर्फ आउँदै गरेको युपी ५६ डिएक्स ८८३८ नम्बरको भारतीय मोटरसाइकल चेकजाँच गर्दा एप्पल कम्पनीका विभिन्न मोडलका आइफोन फेला पारी बरामद गरिएका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

प्रहरीले एप्पल कम्पनीका विभिन्न मोडलका ३५ थान आइफोन बरामद गरी मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

जिप्रका मकवानपुरले भन्यो – रातको समयमा कान्ति लोकपथबाट यात्रा नगर्नू

जिप्रका मकवानपुरले भन्यो – रातको समयमा कान्ति लोकपथबाट यात्रा नगर्नू

हेटौँडा । जिल्ला प्रशासन कार्यालय, मकवानपुरले कान्ति लोकपथ (हेटौँडा–काठमाडौँ सडकखण्ड) मा रातको समयमा यात्रा...

पाँच दिन कैद सजाय पाएका फरार प्रतिवादी ६ वर्षपछि पक्राउ

पाँच दिन कैद सजाय पाएका फरार प्रतिवादी ६ वर्षपछि पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय ठहर भई फरार रहेका...

काठमाडौँमा २४ घण्टामा एक हजार ५९२ सवारीसाधन ट्राफिक कारबाही

काठमाडौँमा २४ घण्टामा एक हजार ५९२ सवारीसाधन ट्राफिक कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लोे २४ घण्टामा सडक अनुशासन पालना नगर्ने एक हजार ५९२...

मन्दिर निर्माणमा २२ लाख बढी भ्रष्टाचार, नौविरुद्ध मुद्दा

मन्दिर निर्माणमा २२ लाख बढी भ्रष्टाचार, नौविरुद्ध मुद्दा

तस्बिर : एआई काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङ जिल्लाको छविसपाथिभेरा गाउँपालिका वडा नं. ६...