विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न विशेष अदालतको आदेश, सर्वोच्चले रिहा गर्ने सम्भावना कायमै

जस नेपाल

१८ असार २०८३

विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न विशेष अदालतको आदेश, सर्वोच्चले रिहा गर्ने सम्भावना कायमै

काठमाडौँ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेललाई विशेष अदालतले थप ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको मागअनुसार विशेष अदालतले शुक्रबार तेस्रो पटक म्याद थप गरेको हो । न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति दिएको विशेष अदालत प्रशासन शाखाले जनाएको छ ।

पौडेललाई अनुसन्धानकालागि न्यायिक हिरासतमा पठाइएको अदालतले जनाएको छ । यसअघि विशेष अदालतले दुई चरणमा म्याद थप गरिसकेको थियो ।

पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो । एमालेको निर्वाचन समीक्षा तथा संगठन पुनर्गठनसम्बन्धी कार्यक्रममा सहभागी भइरहेका बेला सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो ।

उनको शेयर कारोबार, सम्पत्तिको स्रोत र आर्थिक गतिविधिसम्बन्धी विषयमा विभागले अनुसन्धान गरिरहेको छ। प्रारम्भिक अनुसन्धान नसकिएको भन्दै विभागले पटक–पटक म्याद थप माग गर्दै आएको छ ।

यसबीच पौडेलकी पत्नीले पक्राउ गैरकानुनी भएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी छन् । रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले विभिन्न पाँच फाइल झिकाउन आदेश दिएको छ ।

सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट विचाराधीन रहेकै अवस्थामा विशेष अदालतले भने अनुसन्धानलाई निरन्तरता दिन पौडेलको हिरासत अवधि थप गरेको हो ।

पाैडेल पन्तिले सर्वाेच्चमा दायर गरेकाे बन्दीप्रत्यक्षीकरण रिटमा पनि आज नै सुनुवाइ भइरहेको छ । जसकाे आदेश आजै साँझसम्मा आउने छ । सर्वोच्चले बन्दीप्रत्यक्षीकरणको रिट मार्फत उनको पक्राउ गैरकानुनी ठहर गरेमा उनि आजै छुट्ने सम्भावन भने कायम नै रहन्छ । तर सर्वाेच्चकाे आदेशले उनकाे पक्राउ कानून सम्वत: भनेमा उनि थप ६ न्यायिक हिरासतमा बस्नै पर्ने हुन्छ ।

सम्बन्धित खवर

वायुसेवा नियुक्ति विवादित : सरकारका नाममा कारण देखाऊ आदेश

वायुसेवा नियुक्ति विवादित : सरकारका नाममा कारण देखाऊ आदेश

काठमाडौँ । नेपाल वायु सेवा सञ्चालक समितिको सदस्यमा सरकारले गरेको नियुक्तिसम्बन्धी विवादमा सर्वोच्च अदालतले...

भ्रष्टाचार मुद्दामा रामशरण महतको स्वास्थ्य कारणले गरिएको मुलतवीको माग अस्वीकृत

भ्रष्टाचार मुद्दामा रामशरण महतको स्वास्थ्य कारणले गरिएको मुलतवीको माग अस्वीकृत

काठमाडौँ । भ्रष्टाचारको आरोप लागेका पूर्वअर्थमन्त्री एवं कांग्रेस नेता डा. रामशरण महतको मुद्दालाई स्वास्थ्य...

भ्रष्टाचारको पैसाले श्रीमतीका नाममा जग्गा  किनेको आरोप

भ्रष्टाचारको पैसाले श्रीमतीका नाममा जग्गा किनेको आरोप

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीले ठेक्का...

उच्च अदालत पाटनमा एक वर्षमा ११ हजार ४६८ मुद्दा फछ्र्योट

उच्च अदालत पाटनमा एक वर्षमा ११ हजार ४६८ मुद्दा फछ्र्योट

काठमाडौँ । उच्च अदालत पाटनले गत आर्थिक वर्ष २०८२/०८३ मा ११ हजार ४६८ मुद्दा...