मौलापुरमा प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै प्रधानमन्त्री बालेनको पुतला दहन

जस नेपाल

२५ असार २०८३

मौलापुरमा प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै प्रधानमन्त्री बालेनको पुतला दहन

मौलापुर । रौतहटको मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै स्थानीयले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को पुतला दहन गरेका छन् ।

स्थानीय बासिन्दाले नगरपालिकामा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त रहँदा बजेट कार्यान्वयन, भुक्तानी प्रक्रिया र सेवा प्रवाह प्रभावित भएको भन्दै बिहीबार विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरूले प्रधानमन्त्री शाह तथा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल विरुद्ध नाराबाजीसमेत गरेका थिए ।

प्रदर्शनकारीले प्रमुख प्रशासकीय अधिकृतको अभावका कारण नगरपालिकाको बजेट कार्यान्वयनमा समस्या उत्पन्न भएको, शिक्षक, सरसफाइ कर्मचारी तथा विभिन्न कार्यक्रमका लाभग्राहीले भुक्तानी नपाएको आरोप लगाएका छन् ।

नगरपालिकामा सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत सुरेशबाबु घिमिरे मन्त्रालय फर्किएपछि हालसम्म नयाँ अधिकृत नपठाइएको स्थानीयको भनाइ छ । त्यसका कारण नगरपालिकाको प्रशासनिक तथा वित्तीय कामकाज प्रभावित भएको उनीहरूको दाबी छ ।

मौलापुरकी मेयर रिना साहले संघीय सरकारले जानाजान प्रमुख प्रशासकीय अधिकृत नपठाएर स्थानीय तहलाई कार्यसम्पादनमा अवरोध सिर्जना गरेको आरोप लगाएकी छन् । बजेट कार्यान्वयन र भुक्तानीको महत्वपूर्ण समयमा कर्मचारी रिक्त राखिएकाले नगरपालिकाको सेवा प्रवाह प्रभावित भएको उनको भनाइ छ ।

सम्बन्धित खवर

१५ जिल्लाका सुकुमबासी महिलाका यी ७ माग

१५ जिल्लाका सुकुमबासी महिलाका यी ७ माग

काठमाडौँ । देशभरिका विभिन्न पाँचवटा प्रदेशका १५ जिल्लाबाट भूमीहिन दलित, भूमीहीन सुकुमबासी र अव्यवस्थित...

भ्रामक सूचनाका तीन आयाम : मिसइन्फरमेसन, डिसइन्फरमेसन र मालइन्फरमेसन

भ्रामक सूचनाका तीन आयाम : मिसइन्फरमेसन, डिसइन्फरमेसन र मालइन्फरमेसन

काठमाडौं । सर्वोच्च अदालत र सञ्चारकर्मीबीचको अन्तरक्रिया कार्यक्रमको सिलसिलामा गत साता न्यायाधीश महेश शर्मा...

सम्पत्ति शुद्धीकरण मुद्दामा विष्णु पौडेलको म्याद फेरि थपियो

सम्पत्ति शुद्धीकरण मुद्दामा विष्णु पौडेलको म्याद फेरि थपियो

काठमाडौँ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष...

शिक्षककै ‘सर्टिफिकेट’ नक्कली भेटिएपछि …

शिक्षककै ‘सर्टिफिकेट’ नक्कली भेटिएपछि …

फाइल फाेटाे । काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर माध्यमिक तहको शिक्षक पदमा...