भ्रष्टाचार मुद्दामा रामशरण महतको स्वास्थ्य कारणले गरिएको मुलतवीको माग अस्वीकृत

जस नेपाल

५ साउन २०८३

भ्रष्टाचार मुद्दामा रामशरण महतको स्वास्थ्य कारणले गरिएको मुलतवीको माग अस्वीकृत

काठमाडौँ । भ्रष्टाचारको आरोप लागेका पूर्वअर्थमन्त्री एवं कांग्रेस नेता डा. रामशरण महतको मुद्दालाई स्वास्थ्य समस्या देखाई मुलतवी राख्ने निवेदन विशेष अदालतले अस्वीकार गरेको छ ।

विशेष अदालतका सदस्य हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले मंगलबार महतका पत्नी रोशना महतले दायर गरेको निवेदन अस्वीकार गरेको हो ।

मुद्दा नम्बर ०८२-CR-००४८ मा प्रतिवादी रामशरण महतको नाममा जारी भएको समाह्वान म्याद घरदैलोमा तामेल भएको थियो ।

रोशना महतले आफ्ना श्रीमान फ्रन्ट टेम्पोरल डिमेन्सिया (FrontTemporal Dementia) रोगबाट गम्भीर रुपमा प्रभावित भएको, मानसिक तथा शारीरिक रुपमा अशक्त रहेको र स्मरण शक्ति हराएकोले अदालतमा उपस्थित भई बयान दिन असमर्थ  रहेको निवेदनमा जनाएकी थिइन् ।

उनले नेपाल मेडिकल बोर्डको स्वास्थ्य जाँच प्रतिवेदनसमेत संलग्न गरी मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १२८ अनुसार मुद्दा मुलतवी राख्न माग गरेकी थिइन् ।

अदालतले   निवेदन अस्वीकार गर्दै भनेको छ, ‘प्रतिवादी रामशरण महत यी निवेदक रोशना महतका साथ अदालतमा उपस्थित भएका बखत निजको स्वास्थ्य अवस्था समेतलाई दृष्टिगत गरी इजलासबाट कानून बमोजिम उपयुक्त आदेश हुन सक्ने नै हुँदा प्रस्तुत निवेदन मागबमोजिम हाल मुलतवी राख्न मिलेन । कानून बमोजिम गर्नु ।’

कांग्रेस नेता महत केही वर्षयता गम्भीर बिरामी अवस्थामा छन् ।

हेर्नुहोस् अदालतको आदेश – 

 

सम्बन्धित खवर

गगन थापा पक्षको वैधानिकतामा प्रश्न उठाउने यी दुई नजिर

गगन थापा पक्षको वैधानिकतामा प्रश्न उठाउने यी दुई नजिर

काठमाडौँ । सर्वोच्च अदालतले शेरबहादुर देउवा समूह र नेपाली कांग्रेसको संस्थापन पक्षबीचको मुद्दामा पुनरावलोकनको अनुमति...

कस्तो अवस्थामा गर्छ सर्वोच्च अदालतले पुनरावलोकन ?

कस्तो अवस्थामा गर्छ सर्वोच्च अदालतले पुनरावलोकन ?

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र नेपाली कांग्रेससम्बन्धी निर्वाचन...

अदालतको काम, कहिले जाला घाम ! (भिडियाे सहित)

अदालतको काम, कहिले जाला घाम ! (भिडियाे सहित)

काठमाडौँ । उदयपुर, गाईघाट निवासी राधा दाहाल यसैसाता गृहमन्त्री सुधन गुरुङलाई भेट्ने भन्दै सिंहदरबारको...

संसदले जगाउनुपर्ने कानून अदालतले जगायो, बालेन सरकारका १२ अध्यादेश निष्क्रिय

संसदले जगाउनुपर्ने कानून अदालतले जगायो, बालेन सरकारका १२ अध्यादेश निष्क्रिय

काठमाडौँ । बालेन शाह नेतृत्वको सरकारले गत वैशाखमा संसद् अधिवेशन रोकेर ल्याएका चार अध्यादेशसहित...