५ लाख घुससहित सिरहाका कर अधिकृत पक्राउ

जस नेपाल

७ साउन २०८३

५ लाख घुससहित सिरहाका कर अधिकृत पक्राउ

काठमाडौं । आन्तरिक राजस्व कार्यालय लहान, सिरहाका कर अधिकृत युवराज पाल ५ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले कार्यालय परिसरमै रंगेहात पक्राउ गरेको हो ।

अख्तियारका अनुसार सिरहा सुपर मार्केट प्रालिको आर्थिक वर्ष २०७८/७९ को पूर्ण कर परीक्षण (फूल अडिट) का क्रममा घुस मागिएको उजुरीपछि निगरानी गरिएको थियो । घुस बुझ्ने क्रममा पक्राउ परेका पालमाथि थप अनुसन्धान भइरहेको अख्तियार बर्दिबासका कार्यालय प्रमुख रामबहादुर कुरुम्वाङले जानकारी दिए

सम्बन्धित खवर

अभियन्ता वेदिका केसी पक्राउ

अभियन्ता वेदिका केसी पक्राउ

काठमाडौं । अभियन्ता वेदिका केसीलाई प्रहरीले पक्राउ गरेको छ । साइबर ब्युरोले विद्युतीय कसुरसम्बन्धी...

काठमाडौँ र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ

काठमाडौँ र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ

काठमाडौँ । काठमाडौँ र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी...

सडक निर्माणमा ८ लाख बढी भ्रष्टाचार : तत्कालीन प्रशासकीय अधिकृत सहित १० जना विरुद्द मुद्दा दायर

सडक निर्माणमा ८ लाख बढी भ्रष्टाचार : तत्कालीन प्रशासकीय अधिकृत सहित १० जना विरुद्द मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालीकोटको पलाँता गाउँपालिकामा सडक निर्माण योजनामा रकम दुरुपयोग...

वैदेशिक रोजगारी : ठगीको अभियोगमा चार जना पक्राउ

वैदेशिक रोजगारी : ठगीको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिने भन्दै रु ३२...