दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ

जस नेपाल

१५ साउन २०८३

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ

काठमाडौँ । स्मार्ट टेलिकमको उपकरण लिलामी घोटालामा सिआइबीले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारीलाई नियन्त्रणमा लिएको छ । बिहीबार बेलुकादेखि सिआइबीको हिरासतमा रहेका भण्डारीलाई शुक्रबार प्रहरीले आधिकारिक रूपमा पक्राउ परेको पुष्टि गरेको हो ।

स्मार्ट टेलिकमले करिब ३० अर्ब रुपैयाँ नवीकरण दस्तुर र रोयल्टी नतिरेपछि २०८० वैशाखमा प्राधिकरणले लाइसेन्स खारेज गरेको थियो । सरकारी स्वामित्वमा आएको उपकरण र सम्पत्ति भने भण्डारी अध्यक्ष रहँदा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमार्फत लिलामीमा लगेर एनसेललाई ४ अर्ब ६० करोडमा बिक्री गरिएको थियो । 

यसै प्रकरणमा यसअघि स्मार्ट टेलिकमका तत्कालीन अध्यक्ष सर्वेश जोशी र बैंकका सीईओ ज्योतिप्रकाश पाण्डेसहित केही व्यक्ति पक्राउ परिसकेका थिए ।

अनुसन्धान अधिकारीहरूका अनुसार भण्डारीको मौन समर्थन र संलग्नताका कारण सरकारी सम्पत्ति बेचिएको आरोप छ। उनले एनसेलमा फाइनान्स अफिसरको रूपमा काम गरेको विगत र प्राधिकरण अध्यक्ष हुँदाको निर्णय प्रक्रिया अहिले अनुसन्धानको केन्द्रमा छ ।

हेर्नुहोस् विज्ञप्ति –

सम्बन्धित खवर

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय लगनखेलमा कार्यरत कर्मचारी तथा लेखापढी...

वीरगञ्जमा शिनिबार बिहान ६ बजेसम्म निषेधाज्ञा

वीरगञ्जमा शिनिबार बिहान ६ बजेसम्म निषेधाज्ञा

पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले शुक्रबार पनि वीरगञ्ज महानगरपालिकाका विभिन्न चार स्थानमा निषेधाज्ञा...

नक्कली प्रमाणपत्र देखाएर जागिर खाएका इन्जिनियरविरुद्ध मुद्दा दायर 

नक्कली प्रमाणपत्र देखाएर जागिर खाएका इन्जिनियरविरुद्ध मुद्दा दायर 

काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी जागिर खाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान...

सिरहा झडप : गोली लागेका एक जनाको मृत्यु

सिरहा झडप : गोली लागेका एक जनाको मृत्यु

सिरहा । सिरहामा भएको झडपमा गोली लागेर गम्भीर घाइते भएका एक किशोरको मृत्यु भएको...