मिसिल क्षतिले सर्वोच्च अदालतको मुद्दा फर्छ्यौट लक्ष्य प्रभावित

जस नेपाल

१९ साउन २०८३

मिसिल क्षतिले सर्वोच्च अदालतको मुद्दा फर्छ्यौट लक्ष्य प्रभावित

काठमाडौँ । सर्वोच्च अदालतका मिसिलमा अकल्पनीय क्षति पुगेका कारण आर्थिक वर्ष २०८२/०८३ मा लक्ष्यअनुसार मुद्दा फछ्र्योट हुन सकेन । अदालतले उक्त वर्ष २७ हजार ४६७ मुद्दा फछ्र्योट गर्न असफल रह्यो ।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा अदालतमा भएको आगजनीले मिसिलमा ठूलो क्षति पुर्‍याएको थियो । यसका कारण तोकिएको समयसीमाभित्र इजलास बस्न नसक्दा दर्ता भएकामध्ये जम्मा ११ हजार ४६९ वटा मुद्दा मात्र फछ्र्योट भए । अदालतले उक्त आर्थिक वर्षमा १९ हजार ६७९ मुद्दा फछ्र्योट गर्ने लक्ष्य राखेको थियो भने कुल मुद्दाको संख्या ३८ हजार ९३६ पुगेको थियो ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले भने, ‘गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा अदालतमा आगजनी भई अकल्पनीय क्षति पुगेकाले लामो समयसम्म इजलास बस्न सकिएन । मिसिल पत्ता लगाउन कठिनाइ भएकाले मुद्दा फछ्र्योटमा ढिलाइ भयो ।’

आगजनीपछि मिसिल व्यवस्थापन र पुनर्निर्माणमा समय लाग्दा अदालतको नियमित काममा गम्भीर असर परेको देखिएको छ । यसबाट न्याय सम्पादन प्रक्रियामा अवरोध सिर्जना भएको र सेवाग्राहीलाई समेत अप्ठ्यारो परेको अवस्था छ ।

 

सम्बन्धित खवर

गगन थापा पक्षको वैधानिकतामा प्रश्न उठाउने यी दुई नजिर

गगन थापा पक्षको वैधानिकतामा प्रश्न उठाउने यी दुई नजिर

काठमाडौँ । सर्वोच्च अदालतले शेरबहादुर देउवा समूह र नेपाली कांग्रेसको संस्थापन पक्षबीचको मुद्दामा पुनरावलोकनको अनुमति...

कस्तो अवस्थामा गर्छ सर्वोच्च अदालतले पुनरावलोकन ?

कस्तो अवस्थामा गर्छ सर्वोच्च अदालतले पुनरावलोकन ?

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र नेपाली कांग्रेससम्बन्धी निर्वाचन...

अदालतको काम, कहिले जाला घाम ! (भिडियाे सहित)

अदालतको काम, कहिले जाला घाम ! (भिडियाे सहित)

काठमाडौँ । उदयपुर, गाईघाट निवासी राधा दाहाल यसैसाता गृहमन्त्री सुधन गुरुङलाई भेट्ने भन्दै सिंहदरबारको...

संसदले जगाउनुपर्ने कानून अदालतले जगायो, बालेन सरकारका १२ अध्यादेश निष्क्रिय

संसदले जगाउनुपर्ने कानून अदालतले जगायो, बालेन सरकारका १२ अध्यादेश निष्क्रिय

काठमाडौँ । बालेन शाह नेतृत्वको सरकारले गत वैशाखमा संसद् अधिवेशन रोकेर ल्याएका चार अध्यादेशसहित...