विशेष अदालतद्वारा ‘फैसलाहरूको संगालो २०८३’ विमोचन

जस नेपाल

१ साउन २०८३

विशेष अदालतद्वारा ‘फैसलाहरूको संगालो २०८३’ विमोचन

काठमाडौँ । विशेष अदालतले आज श्रावण १ गते पुस्तक विमोचन तथा संचारकर्मीहरूसँग भेटघाट कार्यक्रम आयोजना गरेको छ। कार्यक्रमको आयोजना र सञ्चालन विशेष अदालतकी प्रवक्ता पार्वती हितानले गरेकी थिइन्।

कार्यक्रमको सुरुवातमा विशेष अदालतका ६ जना न्यायाधीशहरूले संयुक्त रूपमा ‘विशेष अदालतबाट भएका केही फैसलाहरूको संगालो, २०८३’ पुस्तकको विमोचन गरे। विशेष अदालतका सदस्य नारायणप्रसाद पौडेलले पुस्तकबारे जानकारी दिँदै भने, ‘यो पुस्तकमा आर्थिक वर्ष २०८१/०८२ देखि ०८२/०८३ सम्मका २८ वटा फैसलाका ठहर खण्डहरू समावेश छन् । साथै, एक मानहानीसम्बन्धी मुद्दाको पूर्ण विवरण पनि यसमा दिइएको छ।’

त्यसलगत्तै उप-रजिस्ट्रार कृष्ण शरण लामिछानेले विशेष अदालतको वार्षिक कार्यप्रगति प्रस्तुत गरे ।

त्यसपछि संचारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम चलाइयो । अन्तरक्रियाका क्रममा न्यायिक पत्रकार मञ्चकी अध्यक्ष कलिका खड्का लगायत उपस्थित अन्य सञ्चारकर्मीहरुले आफ्ना जिज्ञासा र चासो राखे । 

अन्तरक्रिया कार्यक्रममा उठेका प्रश्नका जवाफ दिँदै  विशेष अदालतका न्यायाधीश हेमन्तराज रावलले संचारकर्मीहरूलाई सम्बोधन गरी न्यायपालिका र प्रेसबीचको सहकार्यको आवश्यकता औंल्याए । उनले भने, `स्वतन्त्र प्रेस, पारदर्शी, न्यायसंगत र जवाफदेही न्यायपालिका निर्माणका लागि अदालत र संचारकर्मीबीच सहकार्य हुनुपर्छ। फैसलाहरू समयमै उपलब्ध गराउन अदालतले सहयोग गर्नेछ।’

कार्यक्रमको समापन गर्दै विशेष अदालतका अध्यक्ष न्यायाधीश सुदर्शनदेव भट्टाले अदालत र संचारकर्मीबीचको समन्वयलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रममा सहभागीहरुलाई धन्यवाद दिए ।

सम्बन्धित खवर

विशेष अदालतको अध्यक्षमा बासुदेव आचार्य सिफारिस, एकैपटक २१२ न्यायाधीशको सरुवा (सूचिसहित)

विशेष अदालतको अध्यक्षमा बासुदेव आचार्य सिफारिस, एकैपटक २१२ न्यायाधीशको सरुवा (सूचिसहित)

काठमाडौँ । न्यायपरिषद्ले एकैपटक २ सय बढी न्यायाधीशहरुकाे सरुवाका लागि नेपाल सरकारसमक्ष सिफारिस गर्ने...

जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश दिए पनि दीपक भट्ट र सुलभ अग्रवाल रिहा नहुने

जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश दिए पनि दीपक भट्ट र सुलभ अग्रवाल रिहा नहुने

काठमाडौं । जिल्ला अदालत काठमाडौंले धितोपत्र तथा बीमासम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायी दीपक भट्ट...

अभियोजनकर्ताले छुट नमागे पनि अदालतले विचार गर्न सक्ने सर्वोच्चको व्याख्या (आदेशसहित) 

अभियोजनकर्ताले छुट नमागे पनि अदालतले विचार गर्न सक्ने सर्वोच्चको व्याख्या (आदेशसहित) 

काठमाडौँ । सर्वोच्च अदालतकाे पूर्ण इजलासले मुलुकी अपराध संहिता २०७४ को दफा ४७ लाई...

सुरक्षा उपकरण खरिद प्रकरण : सुनिल पौडेललाई साढे ८ वर्ष कैद, १ करोड ५४ लाख भन्दा बढी जरिवाना

सुरक्षा उपकरण खरिद प्रकरण : सुनिल पौडेललाई साढे ८ वर्ष कैद, १ करोड ५४ लाख भन्दा बढी जरिवाना

काठमाडौँ । राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) का तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेललाई सुरक्षा...