वायुसेवा नियुक्ति विवादित : सरकारका नाममा कारण देखाऊ आदेश

जस नेपाल

५ साउन २०८३

वायुसेवा नियुक्ति विवादित : सरकारका नाममा कारण देखाऊ आदेश

काठमाडौँ । नेपाल वायु सेवा सञ्चालक समितिको सदस्यमा सरकारले गरेको नियुक्तिसम्बन्धी विवादमा सर्वोच्च अदालतले सरकारका नाममा कारणदेखाऊ आदेश जारी गरेको छ ।  

नेपाल वायु सेवा सञ्चालक समितिका सदस्यहरुको नियक्तिका लागि सरकारले मन्त्रीस्तरीय निर्णयबाट छनोट समिति बनाएको थियो । 

उक्त समितिले एक नम्बरमा रहेको आफ्नो नाम हटाएर कम योग्यताप्राप्त व्यक्तिलाई नियुक्त गरेको भन्दै प्रतिस्पर्धी उपेन्द्र बहादुर कार्कीले सर्वोच्च अदालतमा रिट दिएका थिए ।

 उक्त रिटमा सर्वोच्च अदालतका न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले मंगलबार विपक्षी सरकारका नाममा कारणदेखाउ आदेश जारी गरेको हो ।

कार्कीले दायर गरेको उत्प्रेषणसम्बन्धी रिट (नं. ०८२-WO-१६९७) मा अदालतले प्रत्यर्थीहरू प्रधानमन्त्री तथा मन्त्रीपरिषद् सचिवालयसमेतलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

 निवेदक कार्कीका तर्फबाट अधिवक्ताहरू मधुर पाठक र लक्ष्मण आचार्यले बहस गरेका थिए । 

नियुक्तिसम्बन्धी सरकारले ०८३ असार ३० मा गरेको निर्णयविरुद्ध दायर रिटमा अन्तरिम आदेश जारी हुने वा नहुने विषयमा छलफल गर्न अदालतले साउन ०८ गतेलाई पेशी तोकेको छ ।
सो दिन उक्त नियुक्तिसम्बन्धी फाइलसहित प्रत्यर्थीहरू उपस्थित हुनुपर्ने आदेशमा भनिएको छ ।

हेर्नुहोस् आदेश –

 

सम्बन्धित खवर

भ्रष्टाचार मुद्दामा रामशरण महतको स्वास्थ्य कारणले गरिएको मुलतवीको माग अस्वीकृत

भ्रष्टाचार मुद्दामा रामशरण महतको स्वास्थ्य कारणले गरिएको मुलतवीको माग अस्वीकृत

काठमाडौँ । भ्रष्टाचारको आरोप लागेका पूर्वअर्थमन्त्री एवं कांग्रेस नेता डा. रामशरण महतको मुद्दालाई स्वास्थ्य...

भ्रष्टाचारको पैसाले श्रीमतीका नाममा जग्गा  किनेको आरोप

भ्रष्टाचारको पैसाले श्रीमतीका नाममा जग्गा किनेको आरोप

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीले ठेक्का...

उच्च अदालत पाटनमा एक वर्षमा ११ हजार ४६८ मुद्दा फछ्र्योट

उच्च अदालत पाटनमा एक वर्षमा ११ हजार ४६८ मुद्दा फछ्र्योट

काठमाडौँ । उच्च अदालत पाटनले गत आर्थिक वर्ष २०८२/०८३ मा ११ हजार ४६८ मुद्दा...

अदालतमाथि निरन्तर औँलो ठड्याउँदै एक वकील सांसद

अदालतमाथि निरन्तर औँलो ठड्याउँदै एक वकील सांसद

काठमाडौँ । गतसाल भदौ २४ गते सर्वोच्च अदालत जलेर खरानीमा परिणत भयो । काठमाडौँ...