विधायन व्यवस्थापन समितिले थाल्यो कानून कार्यान्वयनको अध्ययन

जस नेपाल

६ साउन २०८३

विधायन व्यवस्थापन समितिले थाल्यो कानून कार्यान्वयनको अध्ययन

काठमाडौँ । राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिले हाल कार्यान्वयनमा रहेका विभिन्न ऐन (कानून)को कार्यान्वयन अवस्थाको अध्ययन सुरु गरेको छ ।

समितिद्वारा गठित ‘ऐन कार्यान्वयन मापन अध्ययन सिफारिस उपसमिति’ले सङ्घीय विभिन्न ऐन कार्यान्वयन अवस्थाबारे अध्ययन थालेको हो ।

समितिले त्यसका लागि सांसद डा अञ्जान शाक्यको संयोजकत्वमा सांसद खम्बहादुर खाती, झक्कुप्रसाद सुवेदी, कृष्णप्रसाद सिटौला, राजेन्द्रलक्ष्मी गैह्रे, रामकुमारी झाँक्री र विष्णुदेवी पुडासैनी सदस्य रहेको उपसमिति गठन गरेको थियो ।

समितिका सभापति कृष्णबहादुर रोकायको सभापतित्वमा यही साउन ४ गतेको बैठकले उक्त उपसमिति गठन गरेको थियो ।

उपसमितिका संयोजक डा शाक्यले समितिबाट प्राप्त जिम्मेवारीअनुसार उपसमितिको पहिलो बैठक भई कार्यविधि तर्जुमासहित अध्ययनको काम आरम्भ गरिएको बताए ।

उपसमितिलाई नेपालमा हाल कार्यान्वयनमा रहेका कानून अध्ययन गरी ऐन कार्यान्वयन मापन गर्न उपयुक्त ऐन वा ऐनका कुनै दफा वा कुनै व्यवस्था प्राथमिकतासहित सिफारिस गर्न कार्यक्षेत्र तोकिएको छ ।

यस्तै, ऐन कार्यान्वयन मापनका सम्बन्धमा कम्तीमा तीन वटा मुलुकको अभ्यास अध्ययन गर्न, आवश्यकताअनुसार सम्बधित सरोकारवालासँग छलफल गर्न र ३० दिनभित्र समितिसमक्ष प्रतिवेदन पेस गर्न जिम्मेवारी दिइएको समितिका सभापति रोकायले जानकारी दिए ।

समितिले विधायिकी अन्तरसम्बन्ध अध्ययन गरी सिफारिस गर्न सांसद सुरेश आलेमगरको संयोजकत्वमा बेग्लै उपसमिति पनि गठन गरेको छ ।

सम्बन्धित खवर

मिटरब्याजसम्बन्धी सबै लिखत कागजात आजैदेखि अवैध घोषणा गर्ने सरकारको निर्णय

मिटरब्याजसम्बन्धी सबै लिखत कागजात आजैदेखि अवैध घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्ले अनुचित लेनदेन (मिटरब्याज) बाट प्रभावित नागरिकको माग सम्बोधन गर्न...

गणेश नेपालीको आत्मदाह घटनाबारे छानबिन गर्न पूर्वन्यायाधीश बाँस्तोलाको अध्यक्षतामा न्यायिक समिति गठन

गणेश नेपालीको आत्मदाह घटनाबारे छानबिन गर्न पूर्वन्यायाधीश बाँस्तोलाको अध्यक्षतामा न्यायिक समिति गठन

काठमाडौँ । सरकारले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरी ज्यान गुमाएका मुगुका २५...

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण छुट दिने मन्त्रिपरिषद्काे निर्णय

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण छुट दिने मन्त्रिपरिषद्काे निर्णय

काठमाडौँ । सरकारले आर्थिक ऐन २०८३ को दफा १८ को उपदफा १ बमोजिम शिक्षा...

भारतमा पनि जेनजी विद्रोह ? के हो ‘कक्रोच जनता पार्टी’को आन्दोलन ?

भारतमा पनि जेनजी विद्रोह ? के हो ‘कक्रोच जनता पार्टी’को आन्दोलन ?

काठमाडौँ । भारतको राजधानी नयाँदिल्लीमा दशौँ हजार युवा सडकमा उत्रिएका छन् । उनीहरूले देशको...