गणेश नेपालीको आत्मदाह घटनाबारे छानबिन गर्न पूर्वन्यायाधीश बाँस्तोलाको अध्यक्षतामा न्यायिक समिति गठन

जस नेपाल

६ साउन २०८३

गणेश नेपालीको आत्मदाह घटनाबारे छानबिन गर्न पूर्वन्यायाधीश बाँस्तोलाको अध्यक्षतामा न्यायिक समिति गठन

काठमाडौँ । सरकारले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरी ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनाको सत्यतथ्य पत्ता लगाउन उच्च अदालतका पूर्वन्यायाधीश केशवप्रसाद बाँस्तोलाको अध्यक्षतामा न्यायिक समिति गठन गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो । सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले यस सम्बन्धमा  जानकारी दिएका छन् ।

गणेश नेपालीले राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका थिए । उनको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको थियो । यो घटनापछि परिवारले न्याय माग्दै आन्दोलन गरेका थिए । गत असार २८ गते पीडित परिवारसँग सरकारबीच भएको सहमतिअनुसार न्यायिक समिति गठन गरिएको हो ।

समितिले घटनाको पूर्ण छानबिन गरी कारण, जिम्मेवारी र सिफारिससहित प्रतिवेदन पेश गर्नेछ ।

यो पनि – 

सम्बन्धित खवर

राहदानी ऐन २०७६ संशोधन :  विश्वव्यापीकरण सुहाउँदो व्यवस्था ल्याउने परराष्ट्र मन्त्रीको दाबी

राहदानी ऐन २०७६ संशोधन :  विश्वव्यापीकरण सुहाउँदो व्यवस्था ल्याउने परराष्ट्र मन्त्रीको दाबी

काठमाडौँ । सरकारले राहदानीसम्बन्धी विद्यमान कानुनी व्यवस्थालाई समयसापेक्ष बनाउन ‘राहदानी ऐन, २०७६’ लाई संशोधन...

कोशी प्रदेशसभामा आर्थिक कार्यविधि ऐन संशोधन विधेयक पेस

कोशी प्रदेशसभामा आर्थिक कार्यविधि ऐन संशोधन विधेयक पेस

विराटनगर । कोशी प्रदेशसभाको आज बसेको बैठकमा ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन,...

औद्योगिक सुरक्षा बल स्थापना गर्ने लक्ष्यसहित सरकारद्वारा ‘निजी लगानी संरक्षण तथा प्रवर्द्धन रणनीति’ कार्यान्वयनमा

औद्योगिक सुरक्षा बल स्थापना गर्ने लक्ष्यसहित सरकारद्वारा ‘निजी लगानी संरक्षण तथा प्रवर्द्धन रणनीति’ कार्यान्वयनमा

काठमाडौँ । सरकारले निजी क्षेत्रको लगानीको सुरक्षा, संरक्षण तथा प्रवर्द्धन गर्दै लगानीकर्ताको मनोवल उच्च...

एमाले हुँ भन्दाभन्दै सचिवालयले हटाएपछि सर्वोच्चमा मुद्दा

एमाले हुँ भन्दाभन्दै सचिवालयले हटाएपछि सर्वोच्चमा मुद्दा

काठमाडौँ । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह ०७९ मा एमालेबाट निर्वाचित मेयर...