मिटरब्याजसम्बन्धी सबै लिखत कागजात आजैदेखि अवैध घोषणा गर्ने सरकारको निर्णय

जस नेपाल

६ साउन २०८३

मिटरब्याजसम्बन्धी सबै लिखत कागजात आजैदेखि अवैध घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्ले अनुचित लेनदेन (मिटरब्याज) बाट प्रभावित नागरिकको माग सम्बोधन गर्न गठित समिति र मिटरब्याज विरुद्ध किसान मजदुर आन्दोलनका प्रतिनिधिबीच २०८३ साउन १ गते भएको सम्झौता अनुमोदन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को २०८३ साउन ६ गते बसेको बैठकले उक्त सम्झौता अनुमोदन गर्दै सम्झौतामा उल्लेख भएबमोजिम मिटरब्याजसँग सम्बन्धित फर्जी लिखितहरू आजकै मितिदेखि अवैध घोषणा गर्ने निर्णय गरेको हो ।

सरकारको यो निर्णयसँगै मिटरब्याजका नाममा तयार गरिएका फर्जी लिखतले कानुनी मान्यता नपाउने भएको छ । सरकारले मिटरब्याजबाट पीडित नागरिकका समस्या समाधान तथा उनीहरूका माग सम्बोधनका लागि सम्झौताअनुसार आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ ।

सम्बन्धित खवर

गणेश नेपालीको आत्मदाह घटनाबारे छानबिन गर्न पूर्वन्यायाधीश बाँस्तोलाको अध्यक्षतामा न्यायिक समिति गठन

गणेश नेपालीको आत्मदाह घटनाबारे छानबिन गर्न पूर्वन्यायाधीश बाँस्तोलाको अध्यक्षतामा न्यायिक समिति गठन

काठमाडौँ । सरकारले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरी ज्यान गुमाएका मुगुका २५...

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण छुट दिने मन्त्रिपरिषद्काे निर्णय

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण छुट दिने मन्त्रिपरिषद्काे निर्णय

काठमाडौँ । सरकारले आर्थिक ऐन २०८३ को दफा १८ को उपदफा १ बमोजिम शिक्षा...

विधायन व्यवस्थापन समितिले थाल्यो कानून कार्यान्वयनको अध्ययन

विधायन व्यवस्थापन समितिले थाल्यो कानून कार्यान्वयनको अध्ययन

काठमाडौँ । राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिले हाल कार्यान्वयनमा रहेका विभिन्न ऐन (कानून)को कार्यान्वयन अवस्थाको...

भारतमा पनि जेनजी विद्रोह ? के हो ‘कक्रोच जनता पार्टी’को आन्दोलन ?

भारतमा पनि जेनजी विद्रोह ? के हो ‘कक्रोच जनता पार्टी’को आन्दोलन ?

काठमाडौँ । भारतको राजधानी नयाँदिल्लीमा दशौँ हजार युवा सडकमा उत्रिएका छन् । उनीहरूले देशको...