प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीविरुद्ध संसदीय समितिमा उजुरी

जस नेपाल

७ साउन २०८३

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीविरुद्ध संसदीय समितिमा उजुरी

काठमाडौं । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिमा एउटा उजुरी परेको छ । पाल्पाका भेषराज लुईंटेलले कार्कीको नैतिकतामाथि प्रश्न उठाउँदै उजुरी दर्ता गराएका हुन् ।

संसदीय समितिका अनुसार प्रस्तावित निर्वाचन आयुक्तद्वय गुरु वाग्ले र डा. राजीव सुब्बाविरुद्ध भने कुनै उजुरी परेको छैन । कार्कीलाई गत असार १९ गते संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो ।

उजुरीमा सर्वोच्च अदालतका रजिस्ट्रार रहँदा सार्वजनिक हितसँग सम्बन्धित रिट दर्ता हुन नदिएको निर्णयले संविधानले अपेक्षा गरेको ‘उच्च नैतिक चरित्र’को मापदण्ड पूरा नगरेको दाबी गरिएको छ ।

संसदीय सुनुवाइ समितिले प्रस्तावित आयुक्तहरूको सुनुवाइ साउन १२ गते र प्रमुख निर्वाचन आयुक्त कार्कीको सुनुवाइ साउन १३ गते गर्ने तय गरेको छ । समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्ति हुने संवैधानिक व्यवस्था छ ।

सम्बन्धित खवर

अदालतमा आज – मधेसका पूर्वमन्त्रीविरुद्ध मुद्दा, अभियन्ता केसी हिरासतमा, कर अधिकृत पक्राउ

अदालतमा आज – मधेसका पूर्वमन्त्रीविरुद्ध मुद्दा, अभियन्ता केसी हिरासतमा, कर अधिकृत पक्राउ

काठमाडौँ । पछिल्लो समय विभिन्न तहका न्यायालयहरु मुद्दामामिलाको छिनोफानोमा सक्रिय बनेका छन् । अर्कोतर्फ...