मधेशका तत्कालीन अर्थमन्त्रीसहित सातजना विरुद्ध भ्रष्टाचार मुद्दा

जस नेपाल

७ साउन २०८३

 मधेशका तत्कालीन अर्थमन्त्रीसहित सातजना विरुद्ध भ्रष्टाचार मुद्दा

 काठमाडौँ । सर्लाहीको बागमती नगरपालिकामा निर्माणाधीन बागमती फन पार्क एण्ड रिसोर्ट आयोजनाको दोस्रो चरणमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

आयोगले पहिलो चरणको डीपीआरमै पर्याप्त काम भइसकेको अवस्थामा दोस्रो चरणका नाममा अनावश्यक संरचना थप गरी प्रतिस्पर्धा सीमित गर्ने, लागत बढाउने र ठेकेदारलाई फाइदा पुर्‍याउने गरी बदनियतपूर्ण काम गरेको आरोप लगाएको छ ।

आयोगका अनुसार, पहिलो चरणको डीपीआरले आवश्यक ठानेको भन्दा बाहिर गएर बागमती नदी किनारमा काउन्टरफोर्ट रिटेनिङ वाल (शियर वाल) लगायतका संरचना निर्माण गर्न दोस्रो चरणको डीपीआर तयार पारिएको थियो । यसमा पर्याप्त अध्ययन, जोखिम विश्लेषण र आर्थिक सम्भाव्यता समेत नभएको आयोगको निष्कर्ष छ ।

मुख्य आरोपितहरू मधेश प्रदेशका तत्कालीन अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, तत्कालीन सचिव गजेन्द्र कुमार ठाकुर ,बागमती नगरपालिका, सर्लाहीका तत्कालीन नगर प्रमुख भरत कुमार थापा , तत्कालीन नगर उपप्रमुख लीला कुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल , तत्कालीन उपसचिव उद्धवराज न्यौपाने , ठेकेदार कम्पनी बिकोई धुलिखेल जे.भी. र आधिकारिक प्रतिनिधि युवराज पोखरेल रहेका छन्  ।

आयोगले दोस्रो चरणको ठेक्कामा लागत अनुमान रू. ४२ करोड ६८ लाखभन्दा बढी रकममा ठेक्का दिइएको र कुल रू. ३९ करोड ३९ लाख ६६ हजारभन्दा बढी रकमको अनियमितता भएको दाबी गरेको छ ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार बिगो कायम गरी कैद, जरिवाना र बिगो असुल उपरको मागदाबी गरेको छ । ठेकेदार पक्षलाई भने मुख्य कसूरदारसरह सजाय माग गरिएको छ ।

 हेर्नुहोस् विज्ञप्ति – 

सम्बन्धित खवर

अदालतमा आज – मधेसका पूर्वमन्त्रीविरुद्ध मुद्दा, अभियन्ता केसी हिरासतमा, कर अधिकृत पक्राउ

अदालतमा आज – मधेसका पूर्वमन्त्रीविरुद्ध मुद्दा, अभियन्ता केसी हिरासतमा, कर अधिकृत पक्राउ

काठमाडौँ । पछिल्लो समय विभिन्न तहका न्यायालयहरु मुद्दामामिलाको छिनोफानोमा सक्रिय बनेका छन् । अर्कोतर्फ...

विशेष अदालतको अध्यक्षमा उच्च अदालत तुलसीपुरका न्यायाधीश बासुदेव आचार्य 

विशेष अदालतको अध्यक्षमा उच्च अदालत तुलसीपुरका न्यायाधीश बासुदेव आचार्य 

काठमाडौँ । सरकारले विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका न्यायाधीश बासुदेव आचार्यलाई तोकेको...

श्रम अदालतको अध्यक्षको जिम्मेवारी उच्च अदालत सुर्खेतका न्यायाधीश अधिकारीलाई

श्रम अदालतको अध्यक्षको जिम्मेवारी उच्च अदालत सुर्खेतका न्यायाधीश अधिकारीलाई

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ साउन ६ गते बसेको बैठकले श्रम अदालतको अध्यक्ष...

५८ जिल्लामा छैनन् महिला न्यायाधीश, १९ जिल्लामा २७ जना

५८ जिल्लामा छैनन् महिला न्यायाधीश, १९ जिल्लामा २७ जना

काठमाडौँ । हुन त न्यायाधीश भैसकेपछि महिला वा पुरुष भन्ने नै हुँदैन, एक असल...