नेपालका प्रधान न्यायाधीशलाई दिल्लीमा सूर्यकान्तको स्वागत

जस नेपाल

८ साउन २०८३

नेपालका प्रधान न्यायाधीशलाई दिल्लीमा सूर्यकान्तको स्वागत

नयाँदिल्ली । नेपालका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा नेतृत्वको टोली भारत पुगेको छ । भारतमा नेपालसहित विभिन्न देशका प्रधानन्यायाधीश र बरिष्ठ न्यायाधीशहरु भेला भएका छन् ।

संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय व्यापार कानुन आयोग (UNCITRAL) को ६० औँ वार्षिकोत्सवमा सहभागी हुन विभिन्न देशका न्यायाधीशहरु भारत पुगेका हुन् ।

भारतीय सर्वोच्च अदालतका प्रधानन्यायाधीश सूर्यकान्तले भ्रमणमा आएका विशिष्ट अतिथिहरूलाई  स्वागत गरे ।

प्रतिनिधिमण्डलमा नेपालका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माका साथै बेलायतको सर्वोच्च अदालतका न्यायाधीश, भुटानको सर्वोच्च अदालतका न्यायाधीश तथा ब्राजिल र केन्याका न्यायाधीशहरू सहभागी छन् ।

भारतका महान्यायाधिवक्ता आर वेन्कटारमणिले प्रतिनिधिमण्डललाई स्वागत गर्दै भारतलाई विविध परम्परा र न्यायिक मूल्य-मान्यताको संगमस्थल भएको बताए ।

भारतको सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता विकास सिंहले पनि भ्रमणमा आएका न्यायाधीशहरूलाई स्वागत गरे ।

सन् १९६६ मा संयुक्त राष्ट्रसङ्घीय महासभाद्वारा स्थापित आयोग अन्तर्राष्ट्रिय व्यापार कानूनको सामञ्जस्यता र आधुनिकीकरणका लागि जिम्मेवार निकाय हो।

यस आयोगको उद्देश्य अन्तर्राष्ट्रिय व्यावसायिक कानूनका विकासहरूबारे छलफल गर्नुका साथै  न्यायाधीशहरू, सरकारहरू, शिक्षाविद्हरू र मध्यस्थता विज्ञहरूलाई एक ठाउँमा ल्याउनु पनि हो।

यो पनि-

अदालतमा आज – सपना प्रधान पुन: कामु प्रधानन्यायाधीश, स्वकीय सचिव राख्ने निर्णयविरुद्ध रिट, शंकरलाल अग्रवाल थुनामा

सम्बन्धित खवर

झापा बारद्वारा उच्च अदालत इलाम इजलासका न्यायाधीशलाई बिदाइ

झापा बारद्वारा उच्च अदालत इलाम इजलासका न्यायाधीशलाई बिदाइ

झापा । उच्च अदालत विराटनगर, इलाम इजलासका सरुवा भएका न्यायाधीशहरूको सम्मानमा झापा बार एसोसिएसनले...

थुना आदेश बदरको माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च अदालतमा

थुना आदेश बदरको माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च अदालतमा

काठमाडौं । बैंकिङ कसुर तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका...

शुक्रबार सर्वोच्चमा २१५ पेसी, १०० मुद्दाको फैसला

शुक्रबार सर्वोच्चमा २१५ पेसी, १०० मुद्दाको फैसला

काठमाडौं । सर्वोच्च अदालतमा शुक्रबार १४ जना न्यायाधीशको इजलासबाट २१५ वटा मुद्दाको पेसी तोकिएकोमा...

१५ वर्ष अघि बालबालिकाको पोषण भत्ता हिनामिना गरेको आराेपमा तीनविरुद्ध मुद्दा

१५ वर्ष अघि बालबालिकाको पोषण भत्ता हिनामिना गरेको आराेपमा तीनविरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको साविक भरतपुर गाविसमा बालबालिकाको पोषण भत्ता रकम...