झापा बारद्वारा उच्च अदालत इलाम इजलासका न्यायाधीशलाई बिदाइ

‘अनलाइन बहसले न्याय सम्पादनलाई थप प्रभावकारी बनाएको छ’ : प्रमुख न्यायाधीश न्यौपाने

जस नेपाल

८ साउन २०८३

झापा बारद्वारा उच्च अदालत इलाम इजलासका न्यायाधीशलाई बिदाइ

झापा । उच्च अदालत विराटनगर, इलाम इजलासका सरुवा भएका न्यायाधीशहरूको सम्मानमा झापा बार एसोसिएसनले बिदाइ तथा शुभकामना कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै इलाम इजलासका प्रमुख न्यायाधीश विपुल न्यौपानेले झापाबाट इलाम इजलासमा अनलाइन बहसको अभ्यास सुरु भएपछि न्याय सम्पादन थप प्रभावकारी बनेको बताए । उनका अनुसार इलाम इजलासमा झापासँग सम्बन्धित मुद्दाको संख्या उल्लेख्य रहेको र अनलाइन बहसले कानून व्यवसायी तथा सेवाग्राहीको समय र खर्च दुवै बचाएको छ । साथै, पेशी स्थगित हुने अवस्था पनि घटेकाले मुद्दा फर्स्योटको लक्ष्य हासिल गर्न अनलाइन बहस प्रभावकारी सावित भएको उनले बताए ।

बिदाइ कार्यक्रममा झापा बार एसोसिएसनका उपाध्यक्ष अधिवक्ता चित्रबहादुर मगरको अध्यक्षता रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव अधिवक्ता दीपेन्द्र भट्टराईले गरेका थिए भने स्वागत मन्तव्य सहसचिव अधिवक्ता सानु कार्की बस्नेतले व्यक्त गरेकी थिइन् ।

कार्यक्रममा न्याय परिषद्को निर्णयअनुसार इलाम इजलासबाट सरुवा भएका प्रमुख न्यायाधीश विपुल न्यौपाने, न्यायाधीश किरणकुमार पोखरेल, रेखा थापा पाण्डे र कालीबहादुर राईलाई सम्मानपूर्वक बिदाइ गरिएको थियो ।

न्याय परिषद्को निर्णयअनुसार प्रमुख न्यायाधीश विपुल न्यौपाने उच्च अदालत तुलसीपुरको बुटवल इजलास, न्यायाधीश किरणकुमार पोखरेल उच्च अदालत पाटनको हेटौंडा इजलास, न्यायाधीश रेखा थापा पाण्डे उच्च अदालत जनकपुरको वीरगञ्ज इजलास तथा न्यायाधीश कालीबहादुर राई उच्च अदालत जनकपुरको राजविराज इजलासमा सरुवा भएका छन् ।

यस्तै, इलाम इजलासमा न्यायाधीश नातिबाबु लामिछाने, सागर बिष्ट र श्यामकुमार विश्वकर्माको सरुवा भएको जानकारी पनि कार्यक्रममा दिइयो ।

झापा बार एसोसिएसनले सेवा अवधि पूरा गरी सरुवा हुने न्यायाधीशहरूलाई सम्मानपूर्वक बिदाइ गर्ने परम्परालाई निरन्तरता दिँदै आएको छ ।

सम्बन्धित खवर

नेपालका प्रधान न्यायाधीशलाई दिल्लीमा सूर्यकान्तको स्वागत

नेपालका प्रधान न्यायाधीशलाई दिल्लीमा सूर्यकान्तको स्वागत

नयाँदिल्ली । नेपालका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा नेतृत्वको टोली भारत पुगेको छ । भारतमा नेपालसहित...

थुना आदेश बदरको माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च अदालतमा

थुना आदेश बदरको माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च अदालतमा

काठमाडौं । बैंकिङ कसुर तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका...

शुक्रबार सर्वोच्चमा २१५ पेसी, १०० मुद्दाको फैसला

शुक्रबार सर्वोच्चमा २१५ पेसी, १०० मुद्दाको फैसला

काठमाडौं । सर्वोच्च अदालतमा शुक्रबार १४ जना न्यायाधीशको इजलासबाट २१५ वटा मुद्दाको पेसी तोकिएकोमा...

१५ वर्ष अघि बालबालिकाको पोषण भत्ता हिनामिना गरेको आराेपमा तीनविरुद्ध मुद्दा

१५ वर्ष अघि बालबालिकाको पोषण भत्ता हिनामिना गरेको आराेपमा तीनविरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको साविक भरतपुर गाविसमा बालबालिकाको पोषण भत्ता रकम...