काठमाडौँ।नियमित गस्तीमा रहेको प्रहरीको टोलीले पर्साको बिन्दवासिनी गाउँपालिका-५ बाट २०७ किलोग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार मकवानपुर हेटौँडा उपमहानगरपालिका-१३ का ४८ वर्षीय कृष्ण लामालाई मङ्गलबार साँझ पक्राउ गरिएको हो ।
प्रदेश ३-०१-०२४ च ५३८५ नम्बरको पिकअपलाई जाँच गर्दा बोरामा लुकाई ल्याएको उक्त परिमाणको गाँजा फेला पारी चालक कृष्णलाई पक्राउ गरिएको हो ।

