खैरो हेरोइन र ट्रामाडोलसहित पाँच जना पक्राउ

जस नेपाल

२० साउन २०८३

खैरो हेरोइन र ट्रामाडोलसहित पाँच जना पक्राउ

काठमाडौँ ।  नियमित गस्तीमा रहेको प्रहरी टोलीले सिन्धुलीको कमलामाई नगरपालिका-९ भीमानबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ र ट्रामाडोलसहित पाँच जनालाई पक्राउ गरेको छ । 

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार महोत्तरीबाट काठमाडौतर्फ आउँदै गरेको मधेस प्रदेश ०५-००१ ज ००८६ नम्बरको हायसमा सवार सिराहा मिर्चैया नगरपालिका-५ का २० वर्षीय सन्देश यादवको साथबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ ४५ ग्राम १९० मिलिग्राम बरामद भएको छ । 

उक्त लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा बा.प्र.०२-०४६ प ४८५३ नम्बरको मोटरसाइकलमा सवार धनुषाको कमला नगरपालिका-७ का २० वर्षीय राहुलकुमार मण्डल र सिराहाको कल्याणपुर नगरपालिका-६ का २० वर्षीय अभिषेककुमार साहलाई पनि पक्राउ गरिएको छ ।

त्यसैगरी, मोरङबाट काठमाडौतर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ३७१२ नम्बरको हायसमा सवार सुनसरीको धरान उपमहानगरपालिका–६ का ३० वर्षीय विकास दाहाल र इटहरी उपमहानगरपालिका-१७ का २४ वर्षीय सागर कार्कीलाई पक्राउ गरिएकोे छ । उनीहरूका साथबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ ८२० मिलिग्राम तथा नियन्त्रित लागूऔषध ट्रामाडोल एक हजार ४३० ट्याब्लेट बरामद भएको छ ।

सम्बन्धित खवर

दुई सय सात किलो गाँजासहित एक जना पक्राउ

दुई सय सात किलो गाँजासहित एक जना पक्राउ

काठमाडौँ।नियमित गस्तीमा रहेको प्रहरीको टोलीले पर्साको बिन्दवासिनी गाउँपालिका-५ बाट २०७ किलोग्राम गाँजासहित एक जनालाई...

म्यागङ गाउँपालिकाका आईटी अधिकृत एक लाख घुससहित पक्राउ

म्यागङ गाउँपालिकाका आईटी अधिकृत एक लाख घुससहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत बिरेन्द्र तामाङलाई...

गढवा गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ६ जनाविरुद्ध १ करोड ४१ लाख राजस्व हिनामिनाको आरोप

गढवा गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ६ जनाविरुद्ध १ करोड ४१ लाख राजस्व हिनामिनाको आरोप

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको गढवा गाउँपालिकामा नदीजन्य पदार्थ ठेक्कासम्बन्धी अनियमिततामा तत्कालीन...

पाँच लाख नगदसहित लागुऔषध कारोबारी पक्राउ

पाँच लाख नगदसहित लागुऔषध कारोबारी पक्राउ

नेपालगन्ज । प्रहरीले बाँकेमा नगद रु पाँच लाखसहित अवैध लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा...