रवि र बालेनबाट अलग भएका कुलमानलाई समानुपातिकमा बाँसुरी

२ माघ २०८२

रवि र बालेनबाट अलग भएका कुलमानलाई समानुपातिकमा बाँसुरी

काठमाडौँ । रवि लामिछाने र बालेन्द्र शाहबाट धोका पाएको बताउँदै समानुपातिकतर्फको उम्मदेवारीमा छुटेका कुलमान घिसिङले अन्ततः बाँसुरी चिन्हमा समानुपातिकतर्फ मत माग्ने भएका छन् ।

प्रत्ययक्षतर्फ उज्यालो नेपाल पार्टीको चुनाव चिन्ह बिजुलीको चिम रहेको छ भने समानुपातिकतर्फ सो पार्टीका समर्थकले बाँसुरीमा मतदान गर्नुपर्ने भएको छ ।

‘प्रत्यक्षमा उज्यालो नेपाल पार्टीको चिम लिएर मैदानमा जानेछौं’ सो पार्टीका एक नेताले जस नेपालसँग भने,‘ समानुपातिकमा चाहिँ जेनजीहरुको दल ‘राष्ट्रिय परिवर्तन पार्टी’ सँग सहकार्य गरेर बाँसुरीमा मत माग्ने छौं ।

रवि लामिछानेसँग एकता हुँदा समानुपातिक सूचमा परेका डा. महेन्द्र लावती अहिले राष्ट्रिय परिवर्तन पार्टीको आदिवासी तर्फको एक नम्बरमा समेटिएका छन् ।

नेपालको आम निर्वाचनमा सम्भवतः प्रत्यक्षमा एउटा चिन्ह र समानुपातिकमा अर्कै चिन्ह लिएर भोट माग्न हिँड्नपर्ने कुलमान घिसिङको दलले व्यहोरेको यो नौलो कानूनी समस्या हो ।

हुन त निर्वाचन आयोगले शेरबहादुर देउवा समूहलाई मान्यता नदिएर गगन थापा पक्षलाई मान्यता दिएपछि अब कांग्रेसको पनि समानुपातिक सूचीमा रहेका उम्मेदरवारहरु कसका भन्ने जटिलता देखिएको छ । देउवा पक्षले समानुपातिकतर्फ रुखमा र प्रत्यक्षतर्फ बेग्लै चिन्हमा भोट माग्नुपर्ने स्थिति आउन सक्छ, कुलमानको जस्तै ।

निर्वाचन आयोगले दियो गगन थापा समूहलाई वैधानिकता, अब शेरबहादुर पक्षले रुख चिन्ह नपाउने

 

सम्बन्धित खवर

सरकार र एआईको सम्बन्ध : सरकारले शासन गर्नुपर्छ,  एआईको स्वामित्व लिने हैन

सरकार र एआईको सम्बन्ध : सरकारले शासन गर्नुपर्छ, एआईको स्वामित्व लिने हैन

अब यो कुरा स्पष्ट भइसकेको छ कि सरकारले एआई उद्योगलाई आकार दिने जिम्मेवारी लिनुपर्छ।...

नक्कली भुटानी शरणार्थी प्रकरण  : अदालतको ऐतिहासिक फैसलाले उजागर गर्‍यो राज्यविरुद्धको संगठित अपराध

नक्कली भुटानी शरणार्थी प्रकरण  : अदालतको ऐतिहासिक फैसलाले उजागर गर्‍यो राज्यविरुद्धको संगठित अपराध

काठमाडौँ । नेपाली नागरिकहरूलाई झुटा कागजात तयार गरी भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा...

प्रेस काउन्सिलको अध्यक्षमा पत्रकार उमेश श्रेष्ठ मनोनित

प्रेस काउन्सिलको अध्यक्षमा पत्रकार उमेश श्रेष्ठ मनोनित

काठमाडौं । पत्रकारहरुको नियामक निकाय प्रेस काउन्सिल नेपालको अध्यक्षमा पत्रकार उमेश श्रेष्ठ मनोनित भएका...

गाईको सट्टा गैंडालाई राष्ट्रिय जनावर बनाउन प्रस्ताव

गाईको सट्टा गैंडालाई राष्ट्रिय जनावर बनाउन प्रस्ताव

काठमाडौँ । नेपालमा राष्ट्रिय जनावर परिवर्तनको विषय फेरि चर्चामा आएको छ । आदिवासी जनजाति...