सिंहदरबार जलाएको बताउने एक व्यक्ति अनामनगरबाट पक्राउ

जस नेपाल

२२ माघ २०८२

सिंहदरबार जलाएको बताउने एक व्यक्ति अनामनगरबाट पक्राउ

काठमाडौँ । सिंहदरबारमा आगजनी गरेको बताउँदै अन्य मानिसहरूलाई उक्साउने र भिडलाई उत्तेजित बनाउने अभिव्यक्ति दिएको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार चितवनको खैरहनी नगरपालिका–१ घर भई हाल काठमाडौँ महानगरपालिका–२९ अनामनगर बस्ने ३६ वर्षीय महेन्द्र गौतमलाई सि‌ंहदरबार जलाएको आरोपमा पक्राउ गरिएको हो।

प्रहरीका अनुसार गत भदौ २४ गते प्रदर्शनका क्रममा सिंहदरबार आगजनी गराएको भनी बताउने तथा अन्य व्यक्तिहरूलाई समेत आगजनी गर्न उक्साउने अभिव्यक्ति दिएको अभियोगमा उनीमाथि अनुसन्धान भइरहेको छ।

काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई आपराधिक उपद्रव सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित खवर

अपाङ्गता परिचयपत्र केरमेट गरेर सरकारी कोषबाट एक लाख ९० हजार हिनामिना गरेपछि…

अपाङ्गता परिचयपत्र केरमेट गरेर सरकारी कोषबाट एक लाख ९० हजार हिनामिना गरेपछि…

काठमाडौँ । पोखरिया नगरपालिका, पर्साका कर्मचारीहरूले मिलेमतोमा अपाङ्गता परिचयपत्रको वर्ग सच्याएर एक व्यक्तिलाई सामाजिक...

मनोरञ्जन क्षेत्रमा मानव बेचविखन वृद्धि

मनोरञ्जन क्षेत्रमा मानव बेचविखन वृद्धि

चितवन । नारायणगढस्थित स्पा, होटल तथा मनोरञ्जन व्यवसायको तीव्र विस्तारसँगै आन्तरिक मानव बेचविखन र...

२४ घण्टामा दुई हजार ६६ सवारीचालक कारबाहीमा

२४ घण्टामा दुई हजार ६६ सवारीचालक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ६६ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका...

बागमतीका ५ समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

बागमतीका ५ समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको...