विजय माल्यालाई अदालतले भन्यो – मुद्दा लड्ने भए देश फर्क

१ फागुन २०८२

विजय माल्यालाई अदालतले भन्यो – मुद्दा लड्ने भए देश फर्क

नयाँदिल्ली । भारतको बम्बई हाइकोर्टले बैङ्कबाट अर्बौँ कर्जा अपचलन गरी भागेर बेलायत पुगेका विजय माल्यालाई आफ्नो मुद्दा अघि बढाउने भएका स्वदेश फर्कन भनेको छ ।

भगौडा भई बेलायत बसेर भारतको सरकारी नियामकबाट उन्मुक्ति खोजिरहेका माल्यालाई बम्बई हाइकोर्टले चेतावनी नै दिएको छ । अदालतले स्वदेश फर्कन नसक्ने भए भगौडा आर्थिक अपराधी ऐनविरुद्ध माल्याले दायर गरेको रिटमाथि सुनुवाई हुन नसक्ने पनि बताइदिएको छ ।

प्रमुख न्यायाधीश श्री चन्द्रशेखर र न्यायाधीश गौतम अखण्डको इजलासले यदि माल्याको मागबमोजिम उल्लेखित ऐनको वैधतालाई चुनौती दिने माल्याको रिटमाथि विचार गर्नका लागि निज भारत फर्कनुपर्ने बताएको हो ।

इजलासले ऐन बमोजिम भगौडा आर्थिक अपराधी घोषित गर्ने सरकारी प्रक्रियाविरुद्ध माल्याले दायर गरेको रिटविरुद्ध सुनुवाई गरेको हो ।

अदालतले भनेको छ, ‘माल्याले भारत र बेलायतका अदालती प्रक्रियाबाट बच्न खोजेकाले निजले दायर गरेको रिटबाट फाइदा लिन सक्दैनन् ।’

माल्याले रिटमा आफूसँग पैसा फिर्ता मागेर बैङ्कहरूले गल्ती गरेको लेखेका छन् ।

सम्बन्धित खवर

सरकारका सबै सेवा अपाङ्गमैत्री बनाउने घोषणा

सरकारका सबै सेवा अपाङ्गमैत्री बनाउने घोषणा

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारका सबै सेवा अपाङ्गमैत्री बनाउने घोषणा गरेका छन्‌...

मुलुकी देवानी संहिता २०७४ संशोधन गरिने, स्वामित्व सीमा २५ प्रतिशतभित्र

मुलुकी देवानी संहिता २०७४ संशोधन गरिने, स्वामित्व सीमा २५ प्रतिशतभित्र

काठमाडौं । सरकारले नेपालमा लगानी गर्ने विदेशी लगानीकर्ता, अन्तर्राष्ट्रिय संस्था तथा बहुराष्ट्रिय कम्पनीका शाखालाई...

सरकारको नयाँ योजना : अब विदेशमै बसिबसी नेपालमा पढ्न मिल्ने !

सरकारको नयाँ योजना : अब विदेशमै बसिबसी नेपालमा पढ्न मिल्ने !

काठमाडौं । सरकारले विदेशमा रहेका नेपाली नागरिकले विदेशमै बसिबसी नेपालमा पढ्ने मिल्ने व्यवस्था गर्ने...

पुँजीगत लाभकर अन्तिम कर हुने, गैरआवासीय नेपालीलाई दोस्रो बजारमा लगानी खुला

पुँजीगत लाभकर अन्तिम कर हुने, गैरआवासीय नेपालीलाई दोस्रो बजारमा लगानी खुला

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सूचीकृत कम्पनीको धितोपत्र बिक्री गर्दा लाग्दै आएको पुँजीगत...