अदालतका कर्मचारीले नै टेरेनन् न्यायाधीशलाई !

जस नेपाल

२९ फागुन २०८२

अदालतका कर्मचारीले नै टेरेनन् न्यायाधीशलाई !

काठमाडौँ । कहिलेकाहिँ अदालतका कर्मचारीले गर्ने त्रुटिका कारण सेवाग्राहीले दुःख पाउने गरेका छन् । प्राविधिक त्रुटिका नाममा कतै अदालतका कर्मचारीले मुद्दा नै बिगार्ने नियत राखेका पो हुन् कि ? काठमाडौं जिल्ला अदालतको २२ नम्बर फाँटको एउटा घटनाले यस्तै गम्भीर आशंका उब्जाएको छ ।

काठमाडौं जिल्ला अदालतको २२ नम्बर फाँटमा वादी माइली तामाङ र प्रतिवादी जुठे मिजार समेत रहेको जालसाजी मुद्दा दर्ता छ । यो मुद्दामा २२ नम्बर फाँटका कर्मचारीले न्यायाधीशको आदेश विपरीत कार्य गरेको पाइएको छ ।

जालसाजी सम्बन्धी मुद्दामा पीडितलाई न्याय दिनुपर्ने अदालतभित्रै कर्मचारीबाट न्यायमूर्तिमाथि जालसाजी भएको छ ।

फाँटका कर्मचारीले मुद्दाको तारेख भर्पाईमा वादी प्रतिवादीलाई फागुन १४ गतेका लागि पेशी तारेख दिएका थिए । तर, सोही मुद्दामा कर्मचारीले चैत ५ गतेका लागि साधारण तारेखसमेत तोकिएपछि यस सम्बन्धमा लिखित स्पष्टीकरण पेश गर्न न्यायाधीशबाट आदेश भएको थियो ।

तर, फाँटका कर्मचारीले आदेश वमोजिमको प्रतिवेदन नै पेश नगरी चैत ५ को तारेखलाई केरमेट गरेर सच्याई आफूखुशी फागुन २८ गते सारेको पाइएको छ । कर्मचारीले न्यायाधीशको आदेशलाई वेवास्ता गरेको पाइएको छ ।

फाँटका कर्मचारीले गरेको गडबडीपछि विहीबार न्यायाधीश मोना सिंहको इजलासबाट अर्को आदेश जारी भएको छ, ‘पूर्वआदेश वमोजिम २०८२/१२/०५ गतेको तारेखमा पेशी मिलान भएको नदेखिएकोले पूर्वआदेश वमोजिमको कार्य सम्पन्न गरी नियमअनुसार पेश गर्नू ।’

यसअघि न्यायाधीश रेशराज शर्माको इजलासले २२ नम्बर फाँटका कर्मचारीलाई प्रश्न सोधेको थियो, के कति कारणले साधारण तारेख तोकिएको हो ?’

न्यायाधीश शर्माले कर्मचारीहरुलाई प्रतिवेदन बुझाउन आदे दिँदै चैत ५ गतेका लागि पेशी मिलानसमेत भनेका थिए ।

तर, कर्मचारीहरुले चैत ५ गतेको पेशी तारेख मिलान गर्नुको साटो न्यायाधीशको आदेश अवज्ञा गर्दै फागुन २८ गतेका लागि अर्को तारेख तोकेको कागजातमा देखिएको छ ।

हेर्नुहोस् दुईजना न्यायाधीशका आदेशहरु-

 

सम्बन्धित खवर

देशले नयाँ प्रधानमन्त्रीसँगै नयाँ प्रधानन्यायाधीश पाउने

देशले नयाँ प्रधानमन्त्रीसँगै नयाँ प्रधानन्यायाधीश पाउने

काठमाडौँ । आगामी चैत दोस्रो साताभित्र देशले नयाँ प्रधानमन्त्री पाउँदैछ । प्रतिनिधिसभा चुनावमा भारी...

प्रत्यक्षतर्फ एकै सिट नजितेको दलले पनि समानुपातिक सिट पाउने

प्रत्यक्षतर्फ एकै सिट नजितेको दलले पनि समानुपातिक सिट पाउने

काठमाडौँ । फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मतगणना सकिएसँगै समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत...

प्रतिनिधि सभा निर्वाचन २०८२ : यी हुन् प्रत्यक्षतर्फका १६५ सांसद्

प्रतिनिधि सभा निर्वाचन २०८२ : यी हुन् प्रत्यक्षतर्फका १६५ सांसद्

काठमाडौँ । प्रतिनिधिसभाको निर्वाचन फागुन २१ गते शान्तिपूर्णरुपमा सकिएको छ । विगतको भन्दा यसपालिको...

सकियो समानुपातिकतर्फको मतगणना

सकियो समानुपातिकतर्फको मतगणना

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना...