काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा फिर्ता सम्बन्धी रिटमाथिको सुनुवाई मंगलबार पनि हेर्दाहेर्दैमा परेको छ।
न्यायाधीशद्वय विनोद शर्मा र अव्दुल अजीज मुसलमानको बेञ्चमा परेको यो रिट मंगलबार दोस्रो दिन हेर्दाहेर्दैमा राखिएको हो ।
गत फागुन २७ गते न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको बेञ्चले पूर्ण सुनुवाईको निम्ति पेश गर्न आदेश दिएको यो रिट हेर्दाहेर्दैमा परेको मंगलबार छैठौं दिन हो ।
फागुन २७ को आदेशबमोजिम चैत १, २, ३ र ५ गते चार दिनसम्म हेर्दाहेर्दैमा राखेर नियमित सुनुवाई गरिएको थियो । न्यायाधीशद्वय शारंगा सुवेदी र सुनिल कुमार पोखरेलको बेञ्चले चार दिन नियमित सुनुवाई गरेको थियो ।
चैत ५ गतेको आदेशमा रवि लामिछानेसँगै जीवी राई समेतको मुद्दा फिर्तासम्बन्धी निर्णय पेश गर्न महान्यायाधिवक्ता कार्यालयलाई भनिएको थियो । उक्त आदेशबमोजिम सोमबारदेखि अर्को सुनुवाई भइरहेको छ ।
महान्यायाधिवक्ता कार्यालयले रास्वपा सभापति रवि लामिछाने र फरार रहेका अभियुक्त जीबी राईसमेतविरुद्ध विभिन्न जिल्ला अदालतमा विचाराधीन संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोजन फिर्ता लिने निर्णय गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट परेको हो ।
यो पनि-

