बालेन सरकारका महान्यायाधिवक्ता बने डा. नारायणदत्त कँडेल

जस नेपाल

२२ चैत २०८२

बालेन सरकारका महान्यायाधिवक्ता बने डा. नारायणदत्त कँडेल

काठमाडौँ । सरकारले डा. नारायणदत्त कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ । आइतबार प्रधानमन्त्रीकाे सिफारिसमा सरकारको प्रमुख कानूनी सल्लाहकारको जिम्मेवारी दिने निर्णय गरेको हो ।

नयाँ सरकार गठनसँगै कानुनी नेतृत्वको महत्वपूर्ण पदमा कँडेलको नियुक्ति भएको हो । महान्यायाधिवक्ता पदले सरकारको कानूनी दिशा निर्धारण गर्ने, नीति तथा निर्णयहरूलाई कानुनी आधार प्रदान गर्ने र राज्यका तर्फबाट अदालतमा हुने बहस–पैरवीको नेतृत्व गर्ने भूमिका निर्वाह गर्छ ।

महान्यायाधिवक्ताको कार्यालयले विशेषगरी फौजदारी मुद्दाहरूमा अभियोजन गर्ने सरकारी वकिलहरूको नेतृत्व, समन्वय तथा निर्देशन गर्ने जिम्मेवारी पनि वहन गर्छ । सरकार पक्षबाट दायर हुने सबै मुद्दामा बहस पैरवीको नेतृत्व यही कार्यालयमार्फत हुने कानूनी व्यवस्था छ ।

याे पनि- 

सम्बन्धित खवर

संविधान संशोधनबारे कांग्रेसको ‘बटमलाइन’ (पूर्णपाठ)

संविधान संशोधनबारे कांग्रेसको ‘बटमलाइन’ (पूर्णपाठ)

संविधानले संघीय संसदलाई तिमीले दश वर्ष पुगेपछि यो यो कुरामा पुनरावलोकन गर है भनेर...

संसदीय उपसमितिको निष्कर्ष – बाल सुधार गृहलाई नै सुधारको खाँचो

संसदीय उपसमितिको निष्कर्ष – बाल सुधार गृहलाई नै सुधारको खाँचो

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिमा बाल सुधार गृहमा रहेका बालबालिकाको...

अब गण्डकी प्रदेशमा गाँजा खेती गर्न पाइने ! प्रदेश सभाले पारित गर्‍यो विधेयक

अब गण्डकी प्रदेशमा गाँजा खेती गर्न पाइने ! प्रदेश सभाले पारित गर्‍यो विधेयक

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती गर्ने बाटो खुलेको...

चार विधेयकमाथि राष्ट्रियसभा समितिमा दफाबार छलफल

चार विधेयकमाथि राष्ट्रियसभा समितिमा दफाबार छलफल

काठमाडौँ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको आज बिहिबारको बैठकमा प्रतिनिधिसभाबाट पारित भई सन्देशसहित प्राप्त...